राजपुर नगरपालिकाको ९ औं नगरसभा सम्पन्न, ५७ करोडको बजेट सार्वजनिक

Author

देवेन्द्र प्रसाद यादव

२०८२ असार ०१, आइतबार

60
Share
Featured
  • ५७ करोडको बजेट सार्वजनिक: राजपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२र०८३ का लागि ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गर्दै समावेशी र सन्तुलित विकासमा जोड दिएको छ।
  • प्राथमिक क्षेत्रहरू: शिक्षा, स्वास्थ्य, पूर्वाधार, कृषि, रोजगारी, खानेपानी, सरसफाइ र डिजिटल सेवा प्रवाहमा प्राथमिकता दिइएको छ।
  • नीति तथा कार्यक्रम: सामुदायिक भवन निर्माण, आन्तरिक सडक स्तरोन्नति, कृषि यान्त्रीकरण, युवा उद्यमशीलता र महिला सशक्तिकरणलगायतका दिगो विकासका योजनाहरू समावेश गरिएका छन्।
समाचार सारांशGenerated using AI.

रौतहट । 

रौतहट जिल्लाको राजपुर फरहदवा नगरपालिकाले आइतबार ९ औं नगरसभा सम्पन्न गर्दै आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि ५७ करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

नगर प्रमुख मोहम्मद राजिक आलमको अध्यक्षतामा सम्पन्न नगरसभामा नीति तथा कार्यक्रमसहितको बजेट सार्वजनिक गर्दै मेयर आलमले टोलटोलमै विकासको अनुभूति दिलाउने प्रतिबद्धता व्यक्त गरे। उनले नगरका सबै ९ वडामा समावेशी र सन्तुलित विकासलाई प्राथमिकता दिइने बताए।

सभामा बोल्दै मेयर आलमले भने, “यसपटकको बजेटले समावेशी विकास, सामाजिक सेवा प्रवाह, पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, खानेपानी, सरसफाइ र रोजगारी सिर्जनालाई प्राथमिकता दिएको छ। हरेक टोलमा विकासको पहुँच पुर्‍याउने उद्देश्यले नीति तथा कार्यक्रम तयार गरिएको हो।”

नगर प्रमुखका अनुसार प्रस्तुत बजेट आगामी वर्षको अनुमानित आय–व्ययको आधारमा तयार पारिएको हो। बजेट कार्यान्वयनका लागि स्थानीय स्रोत परिचालन तथा संघीय र प्रदेश सरकारसँगको सहकार्यमा योजना अघि बढाइने जनाइएको छ।

नगर सभामा उपमेयर, प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर, लेखापाल मनोज कर्ण, प्रशासन शाखा प्रमुख, सबै वडाका वडाध्यक्ष, कार्यपालिका सदस्य, कर्मचारी, स्थानीय बासिन्दा तथा सञ्चारकर्मीहरूको सक्रिय सहभागिता रहेको थियो।

नगरपालिकाले प्रस्तुत गरेको नीति तथा कार्यक्रममा सामुदायिक भवन निर्माण, आन्तरिक सडक स्तरोन्नति, कृषि यान्त्रीकरण, युवा उद्यमशीलता प्रवर्द्धन, डिजिटल सेवा प्रवाह, महिला सशक्तिकरण, दिगो विकास र समावेशी योजनाहरूलाई प्राथमिकता दिइएको छ।

स्थानीयबासीले नगरपालिकाले ल्याएको बजेटलाई सकारात्मक रुपमा लिएको जनाउँदै त्यसको प्रभावकारी कार्यान्वयनमा सरोकारवालाहरू एकजुट भएर लाग्नुपर्ने आवश्यकता औंल्याएका छन्।

राजपुर नगरपालिकाले आगामी वर्षका लागि ल्याएको ५७ करोडको बजेट विकासको लागि महत्त्वपूर्ण आधार बन्ने अपेक्षा गरिएको छ।

यो समाचारमा

रौतहटराजपुर फरहदवा नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    धनुषा–सिरहा जोड्ने झोलुंगे पुलले बढाायो पर्यटकीय चहलपहल, भारतीय पर्यटकको समेत आकर्षण

    धनुषा । धनुषार सिरहालाई जोड्ने कमला नदीमा निर्माण गरिएको देशकै दोस्रो लामो झोलुंगे पुल सञ्चालनमा आएपछि त्यस क्षेत्र पर्यटक गन्तव्यस्थलका रूपमा विकास र विस्तार भएको छ ।पुल निर्माणपछि पछिल्लो समय दुवै जिल्लाका स्थानीयलाई एक अर्को जिल्लामा आवतजावत गर्न समेत सहज भएको छ । कमला नदीमाथिको झोलुंगे पुलबाट त्यस वरपरको मनमोहक

    Data is loading...

    Loading brands...

    Loading footer...