डाइभर्सनमा मोटरसाइकल दुर्घटना हुँदा प्रहरी सहायक हबल्दारको मृत्यु, श्रीमती र छोरी घाइते

Author

सजिलो पत्रिका

२०८२ असार ०१, आइतबार

44
Share
Featured
  • कानेपोखरीमा मोटरसाइकल दुर्घटनामा प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरीको मृत्यु।
  • उनकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी घाइते; नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ।
  • अनियन्त्रित मोटरसाइकल दुर्घटनाको मुख्य कारण तीव्र गति र असुरक्षित डाइभर्सन भएको प्रारम्भिक अनुसन्धानबाट खुलासा।
  • काकडभिट्टा–लौकही सडकखण्ड निर्माणका कारण डाइभर्सनहरू असुरक्षित बनेका छन्, जसले दुर्घटनाको जोखिम बढाइरहेको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ,असाढ ०१ ।  

मोरङको कानेपोखरी गाउँपालिकामा शनिबार साँझ भएको मोटरसाइकल दुर्घटनामा परी एक जना प्रहरी सहायक हबल्दारको मृत्यु भएको छ। दुर्घटनामा उनकी श्रीमती र दुई वर्षीया छोरी घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय पथरीका प्रहरी नायब उपरीक्षक मोहन विक्रम दाहालका अनुसार मृत्यु हुनेमा इलामको जमुनास्थित प्रहरी चौकीमा कार्यरत प्रहरी सहायक हवल्दार जितेन्द्र चौधरी रहेका छन्। उनी बेलबारी नगरपालिका-४ का स्थायी बासिन्दा हुन्।

पूर्वपश्चिम राजमार्ग अन्तर्गत कानेपोखरी गाउँपालिका-७, डाँसमोरङ्गी पुल नजिकैको डाइभर्सनमा चौधरीले चलाएको प्र १-०२-०४३प २४७१ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

चौधरी श्रीमती र छोरीसहित पथरीबाट कानेपोखरीतर्फ आफ्नो घर फर्कने क्रममा साँझ करिब ८:०० बजे दुर्घटनामा परेका हुन्। दुर्घटनामा घाइते भएकी उनकी श्रीमती विमला धिमाल र दुई वर्षीया छोरी जेसनको विराटनगरस्थित नोबेल मेडिकल कलेजमा उपचार भइरहेको छ। विमलाको कान र खुट्टामा तथा छोरीको टाउकोमा चोट लागेको छ। मृतक चौधरीकी श्रीमती विमला पनि श्रीमानसँगै जमुना प्रहरी चौकीमा कार्यरत प्रहरी जवान हुन्।

प्रहरीको प्रारम्भिक अनुसन्धान अनुसार तीव्र गतिका कारण मोटरसाइकल अनियन्त्रित भएको हो। हाल काकडभिट्टा-लौकही सडकखण्ड निर्माणको क्रममा रहेकाले पूर्वपश्चिम राजमार्गका विभिन्न स्थानमा बनाइएका डाइभर्सनहरू असुरक्षित हुँदा दुर्घटनाको जोखिम बढेको छ।

यो समाचारमा

काठमाडौँइलामबेलबारी नगरपालिकामोरङ
कानेपोखरी गाउँपालिका4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...