भारतको अहमदावादमा एयर इन्डियाको विमान दुर्घटना, २४१ जनाको मृत्यु, एकजना मात्र जीवित

Author

सजिलो पत्रिका

२०८२ जेठ ३०, शुक्रबार

39
Share
Featured
  •  एयर इन्डियाको फ्लाइट एआई १७१ अहमदावादबाट उडेको २ मिनेटमै दुर्घटनाग्रस्त भइ २४१ जनाको मृत्यु
  •  २४२ यात्रुमध्ये एकजना मात्र जीवित भेटिए, जो भारतीय मूलका ब्रिटिश नागरिक हुन्
  •  विमानमा विभिन्न देशका नागरिक सवार थिए; दुर्घटनाको कारणबारे अनुसन्धान जारी
समाचार सारांशGenerated using AI.

काठमाडौँ, जेठ ३० । 

भारतको अहमदावादमा एयर इन्डियाको एक विमान दुर्घटना हुँदा २४१ जनाको मृत्यु भएको छ। विमानमा सवार २४२ जनामध्ये एकजना मात्र जीवित रहेको एयरलाइन्सले पुष्टि गरेको छ।

एयर इन्डियाका अनुसार, फ्लाइट नम्बर एआई १७१ को उक्त विमानमा १२ जना चालक दलका सदस्यसहित कुल २४२ जना यात्रा गरिरहेका थिए। दुर्घटनामा बाँच्न सफल एकमात्र यात्रु भारतीय मूलका ब्रिटिश नागरिक हुन्, जसको अहिले अस्पतालमा उपचार भइरहेको छ।

विमानमा १६९ जना भारतीय, ५३ जना ब्रिटिश, ७ जना पोर्चुगिज र एकजना क्यानेडेली नागरिक सवार थिए।

उक्त विमान बिहीबार दिउँसो १:३८ बजे अहमदावादस्थित सरदार वल्लभभाई पटेल अन्तर्राष्ट्रिय विमानस्थलबाट उडेको थियो। विमानस्थलबाट उडेको २ मिनेटमै विमान दुर्घटनाग्रस्त भएको थियो। घटनाको कारणबारे अनुसन्धान सुरु गरिएको छ।

यो समाचारमा

काठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...