पोखरामा दुई प्याराग्लाइडिङ फेवातालमा खस्दा चार जनाको सकुशल उद्धार

Author

सजिलो पत्रिका

२०८२ जेठ २८, बुधबार

56
Share
Featured

पोखरा ।

पोखरामा दुई वटा प्याराग्लाइडिङ ल्यान्डिङ गर्ने क्रममा अनियन्त्रित भई फेवातालमा खस्ने दुर्घटना भएको छ। पोखरा महानगरपालिका –१८ तोरेपानीबाट उडेको प्याराग्लाइडिङहरू बुधबार दिउँसो फेवातालको बीचमा खसेका थिए। दुर्घटनामा परेका चारै जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

सशस्त्र प्रहरी बलका सहप्रवक्ता शैलेन्द्र थापाका अनुसार भारतको बनारस निवासी ४१ वर्षीय अकलेस यादव, ३५ वर्षीय चन्दनकुमार पटेल, अग्नि प्याराग्लाइडिङका पाइलट ३० वर्षीय मिलन शाह र ह्याप्पी फ्लाईका पाइलट २८ वर्षीय विश्वास अधिकारीको सफल उद्धार गरिएको हो।

दुर्घटनापछि सशस्त्र प्रहरी बल नेपालको नम्बर २४ कालिका गण, कास्कीबाट खटिएको फेवा रेस्क्यु टावरको टोलीले उद्धार कार्य सम्पन्न गरेको थियो।





यो समाचारमा

सशस्त्र प्रहरी बलपोखरापोखरा महानगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विपद्का घटनासम्बन्धी हटलाइन १२३४ अब सबै जिल्लामा

    काठमाडौँ । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवालाई थप छिटो, सहज र प्रभावकारी बनाउन गृह मन्त्रालयले विपद् हटलाइन नम्बर १२३४ लाई जिल्लास्तरसम्म विस्तार गरी सञ्चालनमा ल्याएको छ ।मन्त्रालयले जारी गरेको प्रेस विज्ञप्तिअनुसार यसअघि केन्द्रबाट मात्रै सञ्चालन हुँदै आएको विपद् टोल–फ्री नम्बर ११४९ लाई रूपान्तरण गरी १२३४ नम्बर सञ्चालनमा ल्याइएको

    Data is loading...

    Loading brands...

    Loading footer...