तीनकुने घटनाबारे दुर्गा प्रसाईंको बयान – मेरो काननजिकैबाट गोली गएको महसुस भएपछि आफ्नै ज्यान जोगाउन भागेको हुँ

Author

सजिलो पत्रिका

२०८२ जेठ ११, आइतबार

31
Share
Featured

काठमाडौँ । कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग, राज्यविरुद्धको अपराधसहित गम्भीर ६ मुद्दा लगाइएका विवादित मेडिकल व्यवसायी दुर्गा प्रसाद प्रसाईले सरकारी वकिल र प्रहरीमा इन्कारी बयान दिएका छन् ।

गएको चैत १५ गते काठमाडौँको तीनकुनेमा राजावादीले गरेको प्रदर्शन घटनाका मुख्य आरोपित प्रसाईं रहेको भन्दै आइतबार (जेठ ११) जिल्ला सरकारी वकिल कार्यालयले उनीसहित ६२ जनाविरुद्ध काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको छ । सोही मुद्दाको अभियोजनमा प्रसाईंले घटनाबारे इन्कारी बयान दिएका हुन् ।

 उनले बयानमा भनेका छन्, ‘‘१५ चैतको १ बजे कार्यक्रम गर्नुपर्ने साइतअनुसार १२ बजेर ३१ मिनेटमा कार्यक्रममा जान घरबाट आफ्नै हाइलक्स गाडीमा आएको हुँ । आउँदा बाटोको दायाँबायाँबाट सबैले अभिवादन गर्दै थिए ।”  “तर, तीनकुने पुग्दा भने आँखा पोल्न थाल्यो । के रहेछ भनेर हेर्दा मञ्चमा टियर ग्यासको धुवाँ रहेछ । म तीनकुने पुग्दा मेरो काननजिकैबाट गोली समेत गएको महसुस भयो । त्यसपछि भने मलाई आज मार्ने योजना रहेको चाल पाएपछि चालकलाई गाडीबाट निकालेर आफ्नै ज्यान जोगाउन भागेको हुँ ।’’

यो समाचारमा

दुर्गा प्रसाद प्रसाईकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...