सुनसरीको बराहक्षेत्रमा प्रहरीले चलायो गोली, एकजना घाइते

Author

सजिलो पत्रिका

२०८२ जेठ १०, शनिबार

99
Share1
Featured

विराटनगर महानगरपालिका । सुनसरीकोबराहक्षेत्र नगरपालिका–३ मा शनिबार (जेठ १०) बेलुका प्रहरीले गोली चलाएको छ । घटनामा एकजना घाइते भएका छन् ।

लागुऔषध गाँजाको ओसारपसार भइरहेको सूचनाका आधारमा खटिएको गस्ती टोलीले गोली चलाएको हो । गाँजाका पोका बोकेर आउँदै गरेका व्यक्तिलाई रोक्ने क्रममा गोली चलाइएको प्रहरीले जनाएको छ ।

 एक व्यक्तिले प्रहरीमाथि खुकुरीले आक्रमण गर्न खोजेपछि गोली चलाउनुपरेको कोसी प्रदेश प्रहरी कार्यालयले जनाएको छ । सुरुमा दुई राउन्ड हवाईफायर गरिएको र पछि आत्मरक्षाका निम्ति थप गोली चलाउनुपरेको प्रहरीको भनाइ छ  ।

गोली हानेर बराहक्षेत्र–३ का ५५ वर्षीय रामप्रसाद लिम्बूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।

घुँडादेखि तलको भागमा गोली लागेका लिम्बूलाई उपचारका निम्ति धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाएको छ  ।

यो समाचारमा

विराटनगर महानगरपालिकाबराहक्षेत्र नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सरकारी कर्मचारीलाई रक्सी-चुरोट खान निषेध !

    काठमाडौँ।सरकारले सरकारी कर्मचारीहरूलाई धूम्रपान र मध्यपानमा निरुत्साहित गर्न नयाँ आचारसंहिता जारी गरेको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जारी गरेको आचारसंहिताको दफा ६(झ) मा कर्मचारीहरूले कार्यालय वा सार्वजनिक स्थलमा मदिरा सेवन गर्न, धूम्रपान गर्न र जुवातास खेल्न नपाउने व्यवस्था गरिएको छ।आचारसंहितामा कर्मचारीले

    Data is loading...

    Loading brands...

    Loading footer...