भिजिट भिसा प्रकरण : आरोप प्रमाणित भए पदबाट मात्र नभै राजनीतिबाटै राजीनामा दिने गृहमन्त्रीको प्रष्टोक्ति

Author

सजिलो पत्रिका

२०८२ जेठ १०, शनिबार

58
Share
Featured

काठमाडौँ । गृहमन्त्री रमेश लेखकले नियोजित षडयन्त्रमूलक ढङ्गबाट आफूविरुद्ध  झुटा प्रचार भएको स्पष्टीकरण दिएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमन कार्यालयमा भइरहेको भिजिट भिसा सेटिङ र मानव तस्करी प्रकरणमा गृहमन्त्री रमेश लेखकविरुद्ध उजुरी परेको थियो । उजुरीबारे गृहमन्त्रालयले समेत गृहमन्त्रीको कुनै संलग्नता नरहेको विज्ञप्ति निकालेको छ ।

स्पष्टीकरण दिँदै गृहमन्त्री लेखकले आफ्नो सार्वजनिक र राजनीतिक जीवनमा यदि एउटा मात्रै आर्थिक अनियमितता गरेको प्रमाणित भयो भने गृहमन्त्रीको पदबाट मात्र होइन राजनीतिबाटै राजीनामा दिने बताएका छन् ।

शुक्रबार अभियन्ता युवराज सफलले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भिजिट भिसामा सेटिङ भएको उजुरी दर्ता गराएका थिए । उजुरीमा त्रिभुवन विमानस्थल अध्यागमन कार्यालयमा नक्कली कागजातका आधारमा भिजिट भिसा जारी गरी लाखौं रुपैयाँ असुलेको उल्लेख गरिएको छ । उक्त कार्यमा गृहमन्त्री लेखकदेखि लिएर अध्यागमन कार्यालय प्रमुख, गृहमन्त्रीका सचिवालय सदस्यहरूसम्म संलग्न रहेको गम्भीर आरोप लगाइएको छ ।

गृहमन्त्री लेखकले सञ्चार माध्यमसँग कुराकानी गर्दै स्पष्टीकरण दिएका छन् । यस्तो छ, उनको स्पष्टीकरण ।

मेराविरुद्धमा नियोजित र षडयन्त्रमूलक ढंगबाट झुटा प्रचारबाजी भइरहेको छ । म सबैलाई के आग्रह गर्न चाहान्छु भने त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थलको भिजिट भिसामात्रै होइन । मेरो सार्वजनिक जीवनमा, मेरो राजनीतिक जीवनमा यदि एउटामात्रै पनि आर्थिक अनियमितता गरेको प्रमाणित कसैले गर्‍यो भने, प्रमाणित भयो भने म पदबाट मात्र होइन राजनीतिबाट राजीनामा दिन्छु । म यो आग्रह गर्न चाहान्छु ।

यो समाचारमा

काठमाडौँरमेश लेखक

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भारतमा प्रश्नपत्र चुहावटविरुद्ध 'कक्रोच' आन्दोलन चर्कियो, संसद् भवन घेर्ने प्रयास

    काठमाडौं । भारतमा प्रश्नपत्र चुहावट र शिक्षा प्रणालीमा सुधारको माग गर्दै युवा नेतृत्वको ‘कक्रोच’ आन्दोलनले उग्र रूप लिएको छ। सोमबार हजारौँ प्रदर्शनकारीहरू राजधानी नयाँदिल्लीको जन्तरमन्तरमा भेला भई संसद् भवनतर्फ मार्च गर्ने प्रयास गरेका छन्। संसद्को मनसुन अधिवेशन जारी रहेकाले प्रहरीले सुरक्षाको कारण देखाउँदै मार्चको अनुमति नदिएपछि दिल्लीको सुरक्षा व्यवस्था अत्यन्त

    Data is loading...

    Loading brands...

    Loading footer...