रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा

Author

सजिलो पत्रिका

२०८२ जेठ ०६, मङ्गलबार

44
Share
Featured

काठमाडौँ ।

सहकारी ठगीको आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का  सभापति रवि लामिछानेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिट हेर्दाहेर्दैमा राखिएको छ ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीशहरू नहकुल सुवेदी र बालकृष्ण ढकालको इजलासमा बन्दी प्रत्यक्षीकरणको सुनुवाइ भइरहेको हो ।आज रवि पक्षका १० जना वकिलहरूले बहस गरेको वरिष्ठ अधिवक्ता सुशिल पन्तले जानकारी दिए । 

उनका अनुसार पूर्वडिआइजी छविलाल जोशीका वकिलहरूले पनि बहस गरेपछि सरकारी पक्षबाट पनि बहस हुने छ र आदेश आउने छ । उनले भने, ‘आज रवि लामिछानेको पक्षमा १० जना वकिलहरूको वहस भएको छ । भोली एक जना वरिष्ठ अधिवक्ताको बहस हुने छ । त्यसपछि छविलाल जोशीको बहस हुन्छ अनि सरकारी पक्षको बहस भएपछि आदेश हुन्छ ।’ 

यो मुद्दा ६ पटकसम्म हेर्न नमिल्नेमा परेको थियो । 


यो समाचारमा

काठमाडौँरवि लामिछानेराष्ट्रिय स्वतन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मन्त्री बर्खास्तपछि एमालेद्वारा सुदूरपश्चिम सरकारलाई दिएको समर्थन फिर्ता

    काठमाडौं ।नेपाल कम्युनिष्ट पार्टी (एमाले) सुदूरपश्चिम प्रदेश संसदीय दलले नेपाली काँग्रेस नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ। बुधबार बसेको संसदीय दलको बैठकले सोही दिन साँझ ५ बजेदेखि लागू हुने गरी सरकारप्रतिको समर्थन फिर्ता लिने निर्णय गरेको दलका नेता राजेन्द्रसिंह रावलले जानकारी दिए।आर्थिक वर्ष २०८३/८४ को बजेट

    Data is loading...

    Loading brands...

    Loading footer...