विद्यालय शिक्षा विधेयक : बुझायो उपसमितिले प्रतिवेदन

Author

सजिलो पत्रिका

२०८२ जेठ ०४, आइतबार

57
Share
Featured

काठमाडौँविद्यालय शिक्षा विधेयकका सम्बन्धमा गठित उपसमितिले प्रतिवेदन बुझाएको छ । आइतबार उपसमितिले समितिसमक्ष प्रतिवेदन बुझाएको छ ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले विद्यालय शिक्षा विधेयकमा देखिएका जटिलता सुल्झाउन उपसमिति गठन गरेको थियो ।

०८१ चैच ८ गते समितिले विधेयकमा सहमति जुटाउन नेकपा (एमाले)का सांसद छविलाल विश्वकर्माको अध्यक्षतमा ११ सदस्यीय उपसमिति गठन गरेको थियो । उपसमितिले विधेयकमा देखिएका विवादमा सरोकारवालासँग छलफल गरेर ३५ दिनभित्र प्रतिवेदन बुझाउन समय दिइएको थियो ।

सरकारले शिक्षकहरूसँग असार १५ भित्र विधेयक पारित गर्ने सहमति गरेको थियो ।

यो समाचारमा

छविलाल विश्वकर्माकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...