भारत–पाकिस्तानबीच युद्धविराम, दुवै देशले गरे घोषणा

Author

सजिलो पत्रिका

२०८२ वैशाख २७, शनिबार

266
Share
Featured

काठमाडौँ

भारतपाकिस्तानबीच युद्धविरामको सहमति भएको छ । दुवै देशका उच्च अधिकारीहरूले ले तत्काल लागू हुनेगरी युद्धविरामको सहमति भएको जानकारी गराएका छन् ।

पाकिस्तानी विदेशमन्त्री इशाक डारले एक ट्वीट गर्दै युद्धविराम भएको घोषणा गरेका छन् । उता भारतीय विदेशसचिव विक्रम मिस्रीले पनि पत्रकार सम्मेलन गरी युद्धविराम भएको घोषणा गरेका छन् । यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले रातभरको वार्ताबाट युद्धविराममा सहमति भएको बताएका थिए । शनिबारै अमेरिकी विदेशमन्त्रीले भारतीय र पाकिस्तानी विदेशमन्त्री तथा पाकिस्तानी सेना प्रमुखसँग फोनमा वार्ता गरेका थिए । 

काश्मिरको पहलगाममा एक जना नेपालीसहित २६ जनाको आतंकवादीले हत्या गरेपछि भारतले त्यसको दोष  पाकिस्तानमाथि लगाउँदै मिसाइल आक्रमण गरेको थियो । भारतले आक्रमण गरेको तेस्रो दिन पाकिस्तानले पनि जवाफी आक्रमण गरेको थियो । 

यो समाचारमा

पाकिस्तानकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मेरो हत्याको प्रयास भए इरानमाथि हजारौँ मिसाइल प्रहार गर्छौँ- डोनाल्ड ट्रम्प

    काठमाडौँ।अमेरिकी राष्ट्रपति डोनाल्ड जोन ट्रम्पले इरानलाई कडा चेतावनी दिँदै आफ्नो हत्याको प्रयास भएमा इरानमाथि भीषण मिसाइल आक्रमण गर्ने धम्की दिएका छन्। सामाजिक सञ्जाल 'ट्रूथ सोसल' मा एक पोस्ट गर्दै ट्रम्पले इरानले त्यस्तो कदम चालेमा अमेरिकाले सुरुमा १ हजार वटा मिसाइल प्रहार गर्ने र त्यसलगत्तै थप हजारौँ मिसाइलहरूद्वारा आक्रमण गर्ने बताएका

    Data is loading...

    Loading brands...

    Loading footer...