तीन बुँदे माग राख्दै राजावादीले जेठ १५ देखि अनिश्चितकालिन आन्दोलन गर्ने

Author

सजिलो पत्रिका

२०८२ वैशाख २५, बिहिबार

195
Share
Featured

काठमाडौँ ।

नबराज सुबेदीको नेतृत्वमा राजावादी शक्तिहरुले जेठ १५ गतेदेखि अनिश्चितकालीन आन्दोलनको घोषणा गरेका छन् ।

सुबेदीसहित राप्रपा अध्यक्ष राजेन्द्र प्रसाद लिङ्देन, राप्रपा नेपालका अध्यक्ष कमल थापाको उपस्थितिमा  ‘जनआन्दोलन घोषणासभा’ आयोजना गरेर आन्दोलन घोषणा गरेका हुन् ।


‘संविधानद्वारा प्रदत्त अधिकारको प्रयोग गर्दै उपरोक्त उद्देश्य प्राप्तिको निम्ति सशक्त जनदबाब सिर्जना गर्न जेठ १५ गतेदेखि अनिश्चितकालीन जनआन्दोलन गर्ने हामी घोषणा गर्दछौँ,’ घोषणा सभामा संयुक्त जनआन्दोलन समितिका संयोजक सुवेदीले भने ।


साथै, त्यसका लागि राजावादीहरुले तीन सुत्रीय माग पनि अगाडि सारेका छन् । जसअनुसार संवैधानिक राजसंस्थासहितको प्रजातन्त्रको स्थापना, दोस्रो सर्वधर्म, समभाव, पूर्ण धर्मिक स्वतन्त्रतासहितको सनातन हिन्दू राष्ट्रको स्थापना र तेस्रो केन्द्रीय  सरकार तथा अधिकारसम्पन्न स्थानीय सरकार स्थापना गरी दुई तहको सरकार रहनु पर्ने भनिएको छ।

यो समाचारमा

काठमाडौँराजेन्द्र प्रसाद लिङ्देनकमल थापा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    काठमाडौँमा ९३ मिलिमिटर वर्षा, मकवानपुर र म्याग्दीमा वर्षियो सबैभन्दा धेरै पानी

    काठमाडौं । काठमाडौँ उपत्यकासहित देशका अधिकांश स्थानमा अहिले वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका केही ठाउँमा मात्रै वर्षा भएको जनाउँदै अन्य प्रदेशका अधिकांश स्थानमा वर्षा भइरहेको उल्लेख गरेको छ ।ती क्षेत्रहरूमध्ये केही ठाउँमा भारीदेखि अति भारीसम्म वर्षा भएका छन् भने केही

    Data is loading...

    Loading brands...

    Loading footer...