सरकारको तर्फबाट मिडियामाथि कुनै दबाब छैन : प्रधानमन्त्री ओली

Author

सजिलो पत्रिका

२०८२ वैशाख २४, बुधबार

56
Share
Featured

काठमाडौँ

प्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीले अहिलेको मिडियालाई सरकारको तर्फबाट कुनै दबाब, निर्देशन, नियन्त्रण नभएको बताएका छन् । 

बुधबार काठमाडौंमा आयोजित गोरखापत्र प्रकाशनको १२५औं वर्ष प्रवेश तथा संस्थानको ६३औं वार्षिकोत्सव समारोहमा उनले ३०, ३५ वर्ष अगाडिसम्म मिडियाहरुलाई मनमा लागेको कुरा लेख्ने स्वतन्त्रता नभएको भन्दै अहिले प्रधानमन्त्री र सरकारबाट कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण नभएको बताए । 

उनले भने, ‘गोरखा पत्रले धेरै उतारचढाव देखेको छ । यही उतारचढावलाई झेल्दै विकास भएको छ । त्यो बेला कति गाह्रो थियो होला सम्पादकिय लेख्न आज त तपाई के सम्पादकिय लेख्नु हुन्छ त्यसमा कहिले सरकारबाट यसो लेख भनेको आएको छ र, प्रधानमन्त्रीबाट कहिले कुनै प्रकारको दबाब, निर्देशन, नियन्त्रण, इरासा भएको छ र, आँखा पनि झिम्काउदैँन् त्यता तिर सरकारले आज त तपाईहरु जे मनमा लाग्छ त्यही लेख्न स्वतन्त्र हुनु हुन्छ तर ३०, ३५ वर्ष अगाडिसम्म यस्तो स्वतन्त्रता थिएन् ।’

यस्तै, उनले अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन भन्ने भाष्य गलत भएको भन्दै गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम नहुने बताए । 

उनले भने, ‘कतिले भन्छन् अनलाइनको समयमा पत्रपत्रिकाको काम छैन् तर वास्तवमा डिजिटलमा खोज्न गाह्रो हुन्छ, राख्न गाह्रो हुन्छ त्यसकारण यो गोरखापत्रको सान्दर्भिकता कहिले पनि कम हुदैँन् ।’ 


यो समाचारमा

काठमाडौँखड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रदेशमा तीन दल मिलेर सरकार बनाउने प्रस्तावमा गगन थापाको असहमति

    काठमाडौं ।  नेपाली काँग्रेसका सभापति गगन थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू (कांग्रेस, एमाले र माओवादी) मिल्नुपर्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन्। आइतबार ललितपुरमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले तीन दल मिलेर सरकार बनाउँदा प्रदेश संसद् प्रतिपक्षविहीन हुने र यसले लोकतान्त्रिक मूल्य तथा जनमतको अपमान हुने बताए।थापाले

    Data is loading...

    Loading brands...

    Loading footer...