शिक्षक आन्दोलन आज २५औँ दिन : वार्ता सकियो, जुटेन सहमति

Author

सजिलो पत्रिका

२०८२ वैशाख १३, शनिबार

103
Share
Featured

काठमाडौँ । सामुदायिक विद्यालयका शिक्षकहरूले काठमाडौंको सडककेन्द्रित आन्दोलनको आज २५ औँ दिन पनि आन्दोलन जारी गर्ने भएका छन् । 

नेपाल शिक्षक महासंघ र शिक्षामन्त्री रघुजी पन्तबीच आज भएको वार्ता बिनानिष्कर्ष सकिएको छ । सिंहदरवारस्थित शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्ता टुंगोमा पुग्न नसकेको हो । 

वार्तामा महासंघले आफ्नो धारणा राखेको महासंघकी सहअध्यक्ष नानुमाया पराजुलीले जानकारी दिइन् । 

“महासंघको स्पष्ट धारणा र अहिले भइरहेका गतिविधिहरू नवनियुक्त शिक्षामन्त्रीसमक्ष राखियो,” उनले भनिन्, “ निरन्तर वार्ता जारी राख्ने कुरा भएको छ । आन्दोलन रोकिँदैन ।” 

आन्दोलन र वार्ता सँगसँगै अघि बढाउने उनले जानकारी दिइन् । आज पनि बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म शिक्षकले काठमाडौंको माइतीघर मण्डलदेखि बानेश्वरसम्म प्रदर्शन गर्दैछन् । 

यो समाचारमा

रघुजी पन्तकाठमाडौँसिंहदरवार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    विद्यार्थीले बनाए रोबोट

    नवलपरासी । बर्दघाट सुस्तापूर्वको त्रिभुवन बाल माध्यमिक विद्यालय कावासोती नगरपालिका–१७ ढोकीका विद्यार्थीले मान्छे जस्तै रोबोट निर्माण गरेका छन् । गण्डकी प्रदेश सरकारको मुख्यमन्त्री नवप्रवर्तन साझेदारी कार्यक्रमअन्तर्गत कावासोती नगरपालिकाले सञ्चालन गरेको ‘आविष्कार र उत्पादनको जग मेरो विद्यालय’ कार्यक्रम विद्यार्थीले विद्यालयको परिचय र स्वागत गर्न सक्ने ‘राधा’ नामको रोबोट निर्माण गरेका हुन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...