काठमाडौं । सब डिभिजन
वन कार्यालय बन्दीपुर कार्यालयका प्रमुख रामकेवल राय यादवलाईघुस लिएको अभियोगमा
पक्राउ गरिएको छ । उनलाई सेवाग्राहीसँग नगद १२ हजार घुस लिएको अवस्थामा
नियन्त्रणमा लिएको आयोगका प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए ।
विशेष सूचना तथा
उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग कार्यालय, बर्दिवासबाट खटिएको टोलीले वन अधिकृत
यादवलाई सेवाग्राहीसँग घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको जनाएको छ ।
आयोगका अनुसार यादवले
सिरहाको एक उद्योगको लागि ल्याएको काठ सिलबन्दीअनुसार भए-नभएको रुजु गरी कागजात सहितको फाइल फिर्ता
गर्ने क्रममा सेवाग्राहीसँग घुस-रिसवत माग गरेको भनी उजुरी
परेको थियो ।
आयोगको उक्त टोलीले
प्रमुख यादवको साथबाट स्रोत नखुलेको एक लाख ३३ हजार १२० पनि बरामद भएको जनाएको छ ।
टोलीले निज यादवलाई आज कर्जन्हा नगरपालिका-४ स्थित मिर्चौयाबाट बन्दीपुर जाँदै गर्दा नियन्त्रणमा लिएर अनुसन्धान
गरिरहेको जनाएको छ ।