सभामुखको निर्देशन : सांसद राजेन्द्र राईले बोलेका शब्द रेकर्डबाट हटाइने

Author

सजिलो पत्रिका

२०८३ असार २४, बुधबार

8
Share
Featured

काठमाडौं । प्रतिनिधिसभाको बुधबारको दोस्रो बैठकमा पनि विपक्षी दलका सांसदहरूले आफूहरूले उठाइएका विषयमा सरकारले स्पष्ट जवाफ दिनुपर्ने मागलाई निरन्तरता दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का राजेन्द्रकुमार राईले आफूहरूले प्रतिनिधिसभाको नियमावलीमा भएको व्यवस्थाबमोजिम नै प्रधानमन्त्रीलाई सदनमा आएर जवाफ दिन माग गर्दै आएको जिकिर गरे । उनले संवाद र सहमतिको वातावरण सृजना गर्न पनि आग्रह गरे ।

त्यसपछि सभामुख डोलप्रसाद अर्यालले यसअघिको पहिलो बैठकमा सांसद राईले सभामुखलाई लक्षित गरी बोलेको शब्द रेकर्डबाट हटाउन सचिवालयलाई निर्देश गरे ।

नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का परशुराम तामाङले नेपालले कुनै पनि मुलुकको सीमा मिच्ने कुनै काम नगरेको र छिमेकीसँगको मित्रता कायम गर्दै आएकाले मिचिएको भूमि फिर्ताको माग गरेको बताए ।

श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईले नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्तिका विषयमा जवाफ माग गरे । उनले सामाजिक सञ्जालमा गालीगलौज गर्ने प्रवृत्ति बढेको र सरकारले सबैलाई समान रूपमा कारबाही गर्नुपर्ने बताए।

राष्ट्रिय प्रजातन्त्र पार्टीका ताहिर अलि भाटले बैठकमा उठेका विषयमा सदनमा आएर स्पष्ट पार्न सभामुखले गरेको प्रयास सार्थक नभएको टिप्पणी गरे ।

 

यो समाचारमा

नेपाल कम्युनिष्ट पार्टी (एमाले)नेपाली कम्युनिष्ट पार्टीराष्ट्रिय प्रजातन्त्र पार्टीश्रम संस्कृति पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    गोविन्दबहादुर कार्की मुख्यसचिवमा नियुक्त

    काठमाडौं । सरकारले गोविन्दबहादुर कार्कीलाई मुख्यसचिवमा नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बैठकले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव कार्कीलाई मुख्यसचिवमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले सञ्चारकर्मीलाई जानकारी दिएका छन् । मुख्यसचिव सुमनराज अर्याल यही असार २६ गतेदेखि अनिवार्य अवकाशमा जाँदै छन् ।

    Data is loading...

    Loading brands...

    Loading footer...