काठमाडौं ।
प्रधानमन्त्री वालेन्द्र शाहले देशको अर्थतन्त्रलाई चलायमान बनाउन र निजी
क्षेत्रको आत्मविश्वास बढाउन उद्योगी तथा व्यवसायीहरूसँग आज विशेष संवाद गर्दै छन्
।
प्रधानमन्त्री तथा
मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे आयोजना हुने उक्त उच्चस्तरीय बैठकमा मुलुकको वर्तमान आर्थिक अवस्था,
लगानीको वातावरण र सरकार-निजी क्षेत्रबीचको
सहकार्यका विषयमा छलफल हुने प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धानविज्ञ दीपा
दाहालले जानकारी दिइन् ।
बैठकमा निजी क्षेत्रको
नेतृत्व गर्दै नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसिसीआई)का अध्यक्ष अन्जन श्रेष्ठ र महासंघको
उद्योग समितिका सभापति उज्ज्वलकुमार श्रेष्ठ, नेपाल उद्योग
परिसंघ (सिएनआई)का निवर्तमान अध्यक्ष
राजेशकुमार अग्रवाल र महानिर्देशक डा. घनश्याम ओझा तथा नेपाल
चेम्बर अफ कमर्स (एनसिसी)का अध्यक्ष
कमलेशकुमार अग्रवाल र वरिष्ठ उपाध्यक्ष दीपक मल्होत्रा सहभागी हुने कार्यक्रम छ ।
प्रधानमन्त्री शाहले
पदभार ग्रहण गरेपछि निजी क्षेत्रका प्रमुख छाता संगठनका नेतृत्वसँग औपचारिक रूपमा पहिलोपटक
संवाद गर्दै छन् ।