पर्यटनमा सकारात्मक संकेत, ६ महिनामा ६ लाख २० हजार पर्यटक नेपाल भित्रिए

Author

सजिलो पत्रिका

२०८३ असार २०, शनिबार

5
Share
Featured

काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो । 

बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कूल छ लाख २० हजार ४५३ नेपाल आएका छन् । 

नेपाल पर्यटन बोर्डका अनुसार अन्तर्राष्ट्रिय हवाई उडान विस्तारलगायतका कारणले विदेशी पर्यटक आगमन बढेको हो । 

बोर्डका अनुसार सन् २०२६ को जनवरीमा ९२ हजार ५७३, फेब्रुअरी एक लाख पाँच हजार ४४१, मार्चमा एक लाख २० हजार ५१६, अप्रिलमा एक लाख सात हजार ९३४, मे मा एक लाख दुई हजार ६२६ र जुनमा ९१ हजार ३६३ पर्यटक नेपाल आएका छन् । 

यो समाचारमा

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बालेन सरकारका १०० दिनः सुशासनदेखि डिजिटल सेवासम्म सुधारको दाबी

    काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकारले आफ्नो १०० दिने कार्यअवधिको प्रमुख उपलब्धि आज सार्वजनिक गरेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सरकारका प्रवक्ता सस्मित पोखरेलले पत्रकार सम्मेलनमार्फत ती उपलब्धि सार्वजनिक गरेका हुन् । सार्वजनिक गरिएको प्रगति विवरणमा सुशासन, भ्रष्टाचार नियन्त्रण, डिजिटल सेवा विस्तार, सार्वजनिक प्रशासन सुधार र सेवा प्रवाहमा

    Data is loading...

    Loading brands...

    Loading footer...