विपदजन्य घटनामा १२७ को मृत्यु, ७७३ घाइते

Author

सजिलो पत्रिका

२०८३ असार २०, शनिबार

6
Share
Featured

काठमाडौँ । यस वर्ष सुरु भएपछि (वैशाख १ देखि असार १९ गतेसम्म) विपदजन्य घटनामा १२७ नागरिकले ज्यान गुमाएका छन् ।

राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतका अनुसार सो अवधिमा भएका कुल दुई हजार ७२१ विपदजन्य घटनामा १२७ को मृत्यु भएको तथा ७७३ जना घाइते भएका छन् ।

ती विपदमा तीन हजार ७२२ परिवार प्रभावित भएको पनि प्राधिकरणले सार्वजनिक गरेको विपद बुलेटिनमा उल्लेख छ । सबैभन्दा बढी सर्पदङ्शका ३९८ घटनामा परेर २३ जनाको मृत्यु भएको छ भने ३७५ जना घाइते भएका छन् । 

यस्तै लेक लागेका ५४ घटनामा २१ जनाको मृत्यु र ३४ जना घाइते तथा चट्यांका २०५ घटनामा १९ जनाको मृत्यु र ९८ जना घाइते भएका छन् । 

यस्तै सबैभन्दा बढी घटना भने आगलागीका भएका छन् । आगलागीका ८३० घटनामा १७ जनाको मृत्यु भएको छ भने १०० जना घाइते भएका छन् । 

जनावरको आक्रमणका १४७ घटनामा १४को मृत्यु र ८२ जना घाइते भएका छन् । हावाहुरीका ४७४ घटना भएका र ती घटनामा परेर १३ जनाको मृत्यु तथा ६७ जना घाइते भएका पनि प्राधिकरणले जानकारी दिएको छ ।  

यस्तै बाढी, पहिरो, भारी वर्षा, डुङ्गा पल्टिएर, वन डढेलो तथा हिउँ पहिरोमा परेर मानवीय क्षति भएको पनि प्राधिकरणले जानकारी दिएको छ । 

प्रवक्ता महतका अनुुसार पछिल्लो २४ घण्टामा मात्रै विभिन्न २७ जिल्लामा ३१ वटा विपदका घटना भएको र ती विपदमा परेर एक जनाको मृत्यु भएको तथा १५ जना घाइते भएका छन् । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    पर्यटनमा सकारात्मक संकेत, ६ महिनामा ६ लाख २० हजार पर्यटक नेपाल भित्रिए

    काठमाडौँ । नेपालमा विदेशी पर्यटकको आगमन बढेको छ । नेपाल पर्यटन वोर्डका अनुसार गत वर्षको ६ महिनाको तुलनामा यस वर्षको सोही अवधिमा विदेशी पर्यटक आगमन बढेको हो । बोर्डका अनुसार सन् २०२५ को जनवरीदेखि जुनसम्म पाँच लाख ७७ हजार ६८९ विदेशी पर्यटक नेपाल भित्रिएकामा यसवर्षको सोही अवधिमा कूल छ लाख २०

    Data is loading...

    Loading brands...

    Loading footer...