६ वर्षको रेकर्ड तोडियो, पाल्पाबाट चालु आर्थिक वर्षमा झण्डै साढे ३ लाख किलो दालचिनी भारत निर्यात

Author

सजिलो पत्रिका

२०८३ असार १९, शुक्रबार १४:०३

13
Share
Featured

पाल्पा । चालु आर्थिक वर्षमा ६ वर्षयताकै उच्च परिमाणमा दालचिनी भारत निर्यात भएको छ ।

डिभिजन वन कार्यालय,पाल्पाका अनुसार आवमा तीन लाख ४७ हजार ९६९ किलो दालचिनी भारत निकासी भएको थियो ।

उक्त परिमाण पछिल्लो आवको तुलनामा सबैभन्दा बढी हो । आव २०७७/७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको थियो । कार्यालयका सूचना अधिकारी खिलबहादुर तामाङले चालु आवमा १२ लाख ८८ हजार ४८२ किलो तेजपात पनि भारत निर्यात भएको बताए । 

गत आवमा एक लाख २१ हजार १० किलो दालचिनी र आठ लाख ८१ हजार ७३१ किलो तेजपात  निकासी भएको थियो । कार्यालयको तथ्यांक अनुसार आव २०८०/८१ मा एक लाख ७६ हजार ६९७ किलो, २०७९/८० मा एक लाख ८३ हजार ५९० किलो, २०७८/०७९ मा एक लाख ९० हजार २१४ किलो र २०७७/०७८ मा १ लाख ९१ हजार ४१५ किलो दालचिनी भारत निर्यात भएको हो ।

त्यसैगरी, तेजपात निर्यातमा पनि वृद्धि भएको छ । आव २०८०/०८१ मा सात लाख ६ हजार ७९० किलो रहेको तेजपात निकासी गत वर्ष आठ लाख ८१ हजार ७३१ किलो पुगेको थियो । चालु आवमा बढेर १२ लाख ८८ हजार ४८२ किलो पुगेको कार्यालयले जनाएको छ ।

पाल्पामा उत्पादन हुने तेजपात र दालचिनीको प्रमुख बजार भारत हो । तेजपात र दालचिनी यहाँका नागरिकको प्रमुख आम्दानीको माध्यम बनेको डिभिजन वन कार्यालय पाल्पाका प्रमुख मोहन श्रेष्ठले बताए । उनले किसानले तेजपात प्रतिकिलो ५० देखि ६० र दालचिनी प्रतिकिलो १०० मा बिक्री गर्दै आएका छन् भने ।

दालचिनी र तेजपातको उत्पादन तथा बजार विस्तारमा निरन्तरता दिनसके स्थानीय कृषकको आम्दानी वृद्धि हुनुका साथै जिल्लाको वनजन्य उत्पादनको निर्यात प्रवर्धनमा थप योगदान पुग्ने अपेक्षा गरिएको कार्यालय प्रमुख श्रेष्ठले बताए ।

यो समाचारमा

पाल्पापाल्पा

ट्यागहरू

#पाल्पा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    sajilo patrika

    राप्तीमा पुल नहुँदा बाँकेका तटीय बासिन्दा डुंगाको जोखिमपूर्ण यात्रा गर्न बाध्य

    अर्घाखाँचीमा १ वर्षमै १५ वटा पोखरी निर्माण

    हुलाकी सडकमा अवरोध भए पनि यात्रा रोकिने छैन, खजुरामा धवलागिरि गाउँ हुँदै बीगाउँ जोड्ने सडक तयार

    हिमालदेखि तराईका फाँटसम्म देखिने दाङको 'राजाकोट', पूर्वाधार नहुँदा ओझेलमा

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू