प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा श्रम संस्कृति पार्टीद्वारा प्रदर्शन

Author

सजिलो पत्रिका

२०८३ जेठ २३, शनिबार

7
Share
Featured
  • श्रम संस्कृति पार्टी ले प्रधानमन्त्रीको सीमासम्बन्धी अभिव्यक्तिको विरोधमा माइतीघरमा प्रदर्शन गरेको छ।
  • पार्टीले प्रधानमन्त्रीको भनाइलाई राष्ट्रिय हितविपरीत र गैरजिम्मेवार भएको आरोप लगाएको छ।
  • प्रदर्शनमा सरकारसँग स्पष्ट जवाफ माग्दै राष्ट्रिय स्वतन्त्र पार्टी किन मौन रहेको भन्दै प्रश्न उठाइएको छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाली श्रमदान सस्कृती पार्टीले प्रधानमन्त्रीको सीमासम्बन्धी विवादास्पद अभिव्यक्तिको विरोधमा शनिबार काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको छ। 'नेपालले भारतको भूमि मिचेको' भन्ने प्रधानमन्त्रीको भनाइ राष्ट्रिय हित विपरीत रहेको भन्दै पार्टीले खबरदारी सभासहित विरोध जनाएको हो।

प्रदर्शनका क्रममा पार्टीका महासचिव आरेन राईले प्रधानमन्त्रीको अभिव्यक्तिलाई 'राष्ट्रघाती' र 'लाजमर्दो' को संज्ञा दिए। उनले प्रधानमन्त्रीको गल्तीलाई परराष्ट्र मन्त्रालय र सरकारका प्रवक्ताले ढाकछोप गर्न खोजेको आरोप लगाउँदै यस्तो गम्भीर विषयमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मौन बसेकोमा प्रश्न उठाए। "जनताको मत पाएको ठूलो दल रास्वपा अहिलेसम्म किन चुइँक्क बोलेको छैन?" राईले प्रश्न गरे।

प्रदर्शनकारीहरूले 'नेपाली माटोको रक्षा गरौँ' र 'गैरजिम्मेवार अभिव्यक्तिको विरोध गरौँ' जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए। सरकारले राष्ट्रिय स्वाभिमानसँग जोडिएको विषयमा जिम्मेवार बन्नुपर्ने र स्पष्ट जवाफ दिनुपर्ने माग श्रम संस्कृति पार्टीले राखेको छ।

यो समाचारमा

भारतराष्ट्रिय स्वतन्त्र पार्टीनेपाली श्रमदान सस्कृती पार्टीकाठमाडौँ
नेपाल6 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    रास्वपाको जिल्ला अधिवेशन: आज ३८ जिल्लामा नेतृत्व चयन हुँदै

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को जारी जिल्ला अधिवेशनअन्तर्गत आज (शनिबार) देशभरका ३८ जिल्लामा नयाँ नेतृत्व चयनका लागि मतदान तथा प्रक्रिया अघि बढेको छ। पार्टीलाई तदर्थ संरचनाबाट पूर्ण वैधानिक र जनअनुमोदित संरचनामा रूपान्तरण गर्ने उद्देश्यका साथ यो अभियान सुरु गरिएको हो।केन्द्रीय निर्वाचन आयोगका अनुसार आज काठमाडौँ, भक्तपुर, झापा, मोरङ, कास्की, बाँके

    Data is loading...

    Loading brands...

    Loading footer...