ईश्वरीको हत्यामा संलग्नलाई कारबाही गर्न पूर्वगृहमन्त्रीको माग

Author

सजिलो पत्रिका

२०८३ जेठ २३, शनिबार

5
Share
Featured

काठमाडौँ

पूर्वगृहमन्त्री सुदन गुरुङले तारकेश्वरमा भएको ईश्वरी भुजेलको हत्यामा संलग्नलाई कडा कारबाही गर्न माग गरेका छन्। शनिबार प्रहरी वृत्त बालाजु पुगेर उनले घटनाको सत्यतथ्य छानबिन गर्न र दोषीलाई कानुनको कठघरामा ल्याउन प्रहरीलाई आग्रह गरेका हुन्।

मृतक ईश्वरी भुजेल पूर्वमन्त्री गुरुङकै निर्वाचन क्षेत्र गोरखा–१ की बासिन्दा हुन्। उनले प्रहरी कार्यालय जानुअघि मृतककी आमा र दिदीलाई भेटेर घटनाबारे जानकारी लिनुका साथै सान्त्वना दिएका थिए।

शुक्रबार राति तारकेश्वर नगरपालिका–६ लोलाङ पैयुटारमा ४२ वर्षीय कुमार थापा मगरले आफ्नी ४२ वर्षीया श्रीमती ईश्वरीको हत्या गरेका थिए। हत्या आरोपी कुमारले प्रहरीमा आत्मसमर्पण गरिसकेका छन् भने प्रहरीले घटनाको विस्तृत अनुसन्धान गरिरहेको छ।

यो समाचारमा

सुदन गुरुङगोरखाकाठमाडौँतारकेश्वर नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भुइँमा न भाँडोमा हुने छुट रास्वपाका कुनै कार्यकर्तालाई छैन - सचेतक परियार

    काठमाडौँ।राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) का सचेतक प्रकाश चन्द्र परियार दर्जीले रास्वपा नेपाली जनताको सेवा गरी देशको मुहार फेर्ने उद्देश्यका साथ राजनीतिमा आएकाले यसका नेता, कार्यकर्ता या कसैलाई पनि भुइँमा न भाँडोमा हुने छुट नरहेको बताएका छन् ।आज सुनसरीको लौकहीमा रास्वपाको सुनसरी जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले रास्वपा नेपाली जनताको वास्तविक सेवक

    Data is loading...

    Loading brands...

    Loading footer...