जातीय भेदभाव अन्त्यका लागि कानुनी व्यवस्था मात्र पर्याप्त छैन- राष्ट्रपति पौडेल

Author

सजिलो पत्रिका

२०८३ जेठ २१, बिहिबार

17
Share
Featured
  • राष्ट्रपति रामचन्द्र पौडेल ले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा विभेदहीन र सभ्य समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।
  • उनले जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमाविरुद्धको अपराध बताउँदै यसको अन्त्यका लागि कानुनी व्यवस्थासँगै चेतना, सहिष्णुता र पारस्परिक सम्मान आवश्यक रहेको उल्लेख गरेका छन्।
  • राष्ट्रपति पौडेलले सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई जातीय विभेदविरुद्ध दृढतापूर्वक उभिन तथा समतामूलक र समावेशी समाज निर्माणमा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

राष्ट्रपति रामचन्द्र पौडेलले जातीय भेदभाव तथा छुवाछूत उन्मूलन राष्ट्रिय दिवसका अवसरमा शुभकामना व्यक्त गर्दै विभेदहीन र सभ्य समाज निर्माणका लागि सबैलाई एकजुट हुन आह्वान गरेका छन्।

आज एक शुभकामना सन्देश जारी गर्दै राष्ट्रपति पौडेलले जातीय विभेदलाई सामाजिक, नैतिक र मानवीय गरिमा विरुद्धको अपराधका रूपमा चित्रण गरे। उनले नेपालको संविधानले सबै प्रकारका विभेद अन्त्य गरी समतामूलक समाज निर्माण गर्ने सङ्कल्प गरेको स्मरण गराउँदै जातीय छुवाछूतजस्ता अमानवीय व्यवहारको अन्त्य केवल कानुनी व्यवस्थाबाट मात्र सम्भव नहुने बताए।

"यसका लागि समाजका सबै तह र वर्गमा चेतना, सहिष्णुता र पारस्परिक सम्मानको भावना विकास हुनु अपरिहार्य छ," सन्देशमा भनिएको छ। विसं २०६३ जेठ २१ गते नेपाललाई ‘जातीय छुवाछूत मुक्त राष्ट्र’ घोषणा गरिएको दिनको सम्झनामा प्रत्येक वर्ष यो दिवस मनाइँदै आएको हो।

राष्ट्रपति पौडेलले तीनै तहका सरकार, राजनीतिक दल, नागरिक समाज र सञ्चारकर्मीलाई जातीय विभेद विरुद्ध दृढतापूर्वक उभिन र लोकतान्त्रिक राज्य प्रणालीलाई सार्थक बनाउन थप संवेदनशील हुन हार्दिक आह्वान समेत गरेका छन्। उनले विविधताबीचको एकता र सामाजिक सद्भावलाई सुदृढ बनाउँदै समतामूलक राष्ट्र निर्माणमा लाग्नुपर्नेमा जोड दिएका छन्।

यो समाचारमा

काठमाडौँरामचन्द्र पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...