नेपालमा पर्यटकको घुंईचो, गत बर्षभन्दा १९ प्रतिशतले बृद्दि ।

Author

सजिलो पत्रिका

२०८३ जेठ १९, मङ्गलबार

25
Share
Featured

काठमाडौं ।  सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल आएका छन्। 

नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मे महिनामा एक लाख दुई हजार ६ सय २६ जना विदेशी पर्यटक नेपाल आएका छन्। यो संख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो।

बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २ सय १६ जना पर्यटक नेपाल आएका थिए। कोरोना महामारी अघि सन् २०१९ को मे महिनामा ७८ हजार ३ सय २९ जना विदेशी नेपाल आएका थिए। नेपाल आउने पर्यटकमध्ये सबैभन्दा धेरै छिमेकी देश भारतबाट आएका छन्। उक्त महिनामा भारतबाट मात्र ४० नेपालमा  बिदेशी पर्यटकको घुंईचो, गत बर्षभन्दा १९ प्रतिशतले बृद्दि ।

 हजार ७ सय ८२ जना पर्यटक नेपाल घुम्न आएका थिए। त्यस्तै दोस्रोमा चीनबाट १ हजार ५ सय १४, तेस्रोमा संयुक्त राज्य अमेरिकाबाट नौ हजार एक, बङ्गलादेशबाट पाँच हजार २ सय ९८ र संयुक्त अधिराज्यबाट तीन हजार ३ सय ७५ जना पर्यटक नेपाल आएका थिए।

त्यस्तै, क्षेत्रगत रूपमा सबैभन्दा धेरै सार्क देशबाट ४७.२ प्रतिशत, अन्य एसियाली देशबाट १९.९ प्रतिशत, युरोपबाट १३.१ प्रतिशत, अमेरिका क्षेत्रबाट १०.३ प्रतिशत र अस्ट्रेलिया र न्युजिल्यान्ड क्षेत्रबाट ३.१ प्रतिशत, मध्यपूर्वबाट १.५ प्रतिशत र अन्य देशबाट ४.५ प्रतिशत विदेशी नेपाल आएका थिए।

पश्चिम एसियामा द्वन्द्वका कारण नेपालको पर्यटनमा केही असर देखिएको छ। तर, अन्तर्राष्ट्रिय बजारमा नेपालप्रति बढ्दो विश्वास र पर्यटकीय गतिविधिका कारण आउँदा दिनमा यो संख्या अझ बढ्ने अपेक्षा गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    सुन र चाँदी दुवैको मूल्य बढ्यो, कतिमा भइराखेको छ कारोबार ?

    काठमाडौं । स्थानीय बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ । गत शुक्रबारको तुलनामा सुन तोलामा रु एक हजार ९०० र चाँदी रु ४० ले बढेको हो । नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य रु दुई लाख ८४ हजार र त्यति नै परिमाणको सेतो धातुको भाउ

    Data is loading...

    Loading brands...

    Loading footer...