कस्ताे रहला आज तपाईँको दिन ? हेर्नुहोस् राशिफल

Author

सजिलो पत्रिका

२०८३ जेठ ०६, बुधबार

17
Share
Featured
  • आजको पञ्चाङ्ग अनुसार वि.सं.२०८३ साल जेठ ६ गते बुधबार, इस्वी सन् २०२६ मे २० तारिख हो ।
  • विश्व मौरी दिवसको अवसरमा आजको दिन विशेष रहेको छ ।
  • आजको राशिफल अनुसार मेष, वृष, मिथुन, सिंह, कन्या, तुला, धनु, मकर र कुम्भ राशिका लागि दिन फलदायी रहेको छ भने कर्कट, वृश्चिक र मीन राशिका लागि केही चुनौतीहरू रहनेछन् ।
समाचार सारांशGenerated using AI.

  • मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) आट, साहस तथा पराक्रममा वृद्धि हुनेछ भने पुरुषार्थले अधिकार स्थापित गर्न सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाइहरू जनमानसमा लैजान सकिनेछ । पढ्ने लेख्ने काममा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । प्रेममा रमाउन चाहनेहरूका लागी समय फलदायी रहेको छ । छोटो दुरीको रमाइलो यात्राको तय गर्न सकिनेछ । औद्योगिक क्षेत्र, ब्रोकर सम्बन्धी काम तथा शेयर बजारबाट नाफा कमाउन सकिनेछ ।
  • वृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) व्यापार तथा शेयर बजारमा गरेको लगानी फस्टाएर जाने हुनाले थप लगानी गर्ने वातावरण बनेर जानेछ । कार्यक्षेत्रमा तपाईँको निर्णयको उच्च सम्मान गरिनेछ भने विशिष्ट व्यक्ति मार्फत सम्मान पाउने योग रहेको छ । कुटुम्बसँग मिलेर गरिने व्यापार व्यवसाय फस्टाएर जानेछ । विद्या तथा प्रतिस्पर्धामा प्रतिस्पर्धीहरूलाई हराउँदै अगाडी बढ्न सकिनेछ । माया प्रेममा सामिप्यत बढ्नेछ भने पति पत्नी बिच मायाको डोरो कसिलो भएर जानेछ ।
  • मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा) आफन्त तथा शुभचिन्तकको साथ तथा समर्थन पाइने हुनाले मन प्रसन्न हुनेछ । लगनशील तथा इमान्दार भएर लाग्नाले कार्यक्षेत्रमा लोकप्रियता चुलिनेछ । विभिन्न अवसर आउने तथा ती अवसरहरूको सदुपयोग गर्दै परिणाममुखी काम गर्न सकिनेछ । पढाइ लेखाइमा प्रतिस्पर्धीभन्दा एक कदम अगाडी बढी नतिजा हात पार्न सकिनेछ । प्रेमको डोरो कसिलो भएर जानेछ । राज्यको निकायमा बसेर काम गर्नेहरूका लागी समय उत्तम रहेको छ ।
  • कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो) कामको सिलसिलामा लामो दुरीको यात्रा हुने योग रहेको छ । विदेशी सामानको व्यापार व्यवसाय फस्टाएर जानेछ भने विदेशमा बसेर श्रम गर्नेहरूका लागि आजको दिन फलदायी रहनेछ । काम गर्दा विशेष ध्यान दिनुहोला दण्ड तथा जरिवाना हुने योग रहेको छ । स्वास्थ्यमा समस्या आउने तथा आफन्तहरू टाढिनेछन् । पढाइ लेखाइमा समय दिन नसक्दा अरूभन्दा पछि परिनेछ ।
  • सिंह(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) काम गर्ने थुप्रै बाटाहरू भेटिनेछन् भने व्यापार तथा शेयर बजारमा गरिने लगानीबाट आर्थिक अवस्था सुदृढ हुनेछ । सीमित साधन स्रोतको परिचालन गरी असीमित आवश्यकताहरु परिपूर्ति गर्न सकिनेछ  । मायाको डोरो कसिलो हुनेछ । पढाइ लेखाइमा भनेजस्तो नतिजा हात पार्न सकिनेछ । पैतृक धन तथा सम्पत्तिको प्रयोग मार्फत लाभ लिन सकिनेछ । सामाजिक सञ्जाल तथा प्रविधिको प्रयोग गरी आफ्ना भनाई जनमानसमा लैजान सकिनेछ ।
  • कन्या (टो,पा,पी,पू,ष,ण,ठ,पे,पो) फुर्सदको समयमा सामाजिक काम गर्ने वातावरण बन्ने तथा मान सम्मान, इज्जत प्रतिष्ठामा वृद्धि भएर जानेछ । माया प्रेममा प्रिय पात्रसँग नजिक हुने समय रहेको छ । खाद्यान्न, निर्माण सामाग्री, अटोपार्टसको व्यापारमा उल्लेख्य वृद्धि हुनेछ । विवादित विषयहरू हल भएर जाने तथा पुराना समस्याहरू केही भए थोरै समय दिएर फत्ते गर्न सकिनेछ । पारिवारिक माहौलमा मिष्ठान्न भोजनको स्वाद लिँदै समय व्यतित गर्न सकिनेछ ।
  • तुला (रा,री,रु,रे,रो,ता,ती,तू,ते)  बौद्धिकताको प्रयोगले सफलताको सूत्र पत्ता लगाउन सकिनेछ । उत्तम वस्त्र,  मन पर्ने तथा बिलासी वस्तु हात लागी हुनेछ । धार्मिक तथा आध्यात्मिक क्षेत्रमा चासो रहने तथा संस्कार संस्कृतिको जगेर्ना गर्ने काममा समय व्यतित हुनेछ । भाग्य तथा समयले साथ दिने हुदा सानो लगानीबाट मनग्गे आम्दानी गर्न सकिनेछ । प्रेमलाई विवाह रुपी निकास दिने सहमति जुट्ने योग रहेको छ ।
  • वृश्चिक(तो,ना,नी,नू,ने,नो,या,यी,यू) व्यापारमा मन्दी आउनाले आर्थिक अवस्था नाजुक हुन सक्छ ध्यान दिनुहोला । आफन्त तथा चेलीहरूसँग मनमुटाब सिर्जना हुनेछ । माया प्रेममा मनमुटाब बढ्ने योग रहेकोले आजको दिन भेट्दा ध्यान दिनुहोला । व्यस्तता बढे पनि कमाई भने न्यून नै रहनेछ । बोल्दा वा खानपानमा ध्यान दिनुहोला । तर पनि पढाइ लेखाइमा मन जाने तथा नतिजा आफैतिर ल्याउन सकिनेछ । धार्मिक स्थल तथा पर्यटकीय स्थलको भ्रमण गर्ने अवसर जुर्नेछ ।
  • धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे) घरायसी सेवा सुविधाको उपयोग गरी अगाडी बढ्न सकिनेछ । आफन्त तथा साथीभाइको सहयोग पाइने योग रहेको छ । व्यापार तथा शेयर बजारमा लगानी गरी मनग्गे आम्दानी गरी आर्थिक अवस्था सुदृढ बनाउन सकिनेछ । माया प्रेममा रमाउन चाहनेहरूका लागी समयले साथ दिनेछ भने विपरीत लिङ्गको सहयोगले राम्रा काम गर्न सकिनेछ । बिलासी वस्तुको प्रयोग मार्फत अरूको मन आफूतिर लोभ्याउन सकिनेछ ।  
  • मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) पारिवारिक कार्यक्रममा सहभागी भई मिष्ठान्न भोजन ग्रहण गर्न सकिनेछ । माया प्रेममा रमाउन चाहने प्रेमील जोडीहरूका लागी समयले यात्राको अवसर जुराउनेछ । अध्ययन वा कामको सवालमा लामो दुरीको यात्राको तय हुनेछ । नयाँ काम पाउने वा नोकरीमा पदोन्नतिको योग रहेको छ । न्यायिक निर्णयहरू तपाईँकै पक्षमा फैसला हुनेछन् । वित्तीय क्षेत्र, व्यापार वा शेयर बजारमा आज गरिने लगानीबाट मनग्गे आम्दानी हुनेछ ।
  • कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा) पढाइ लेखाइमा मन जाने हुनाले नतिजा आफैतिर ल्याउन सकिनेछ । शेयर बजार तथा व्यापार व्यवसाय अरु दिन भन्दा सुधार भएर जाने हुनाले दैनिकी सुदृढ हुनेछ । चिट्ठा पर्ने तथा उपहार प्राप्तिको गतिलो योग रहेको छ । माया प्रेममा नजिक हुने तथा मायाको डोरो कसिलो भएर जानेछ । सामाजिक काम गरी नाम तथा दाम दुवै कमाउन सकिनेछ । आफन्त तथा छोराछोरीको प्रगतिमा मन प्रसन्न हुनेछ ।
  • मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) राजनीति तथा समाजसेवामा जनताको आलोचना सहितको समर्थन प्राप्त हुनेछ । विश्वास गरेकै मानिसबाट धोका पाइनेछ भने आमा वा आमा सरहका मानिससँग मनमुटाब बढ्ने योग रहेको छ । घरजग्गाको काममा मन्दीको सामान गर्नुपर्नेछ । मौसम तथा खानपानमा ध्यान दिनुहोला, स्वास्थ्यमा समस्या आउन सक्छ । तर पनि शेयर बजार, कृषि तथा पशुपालन व्यवसायबाट धन आर्जन गर्न सकिनेछ ।

तपाईँको दिन शुभ रहोस् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...