विश्व स्वास्थ्य संगठनको ७९औँ महासभाको उपाध्यक्षमा नेपाल निर्वाचित

Author

सजिलो पत्रिका

२०८३ जेठ ०४, सोमबार

14
Share
Featured

काठमाडौँ

विश्व स्वास्थ्य संगठनको ७९औँ विश्व स्वास्थ्य महासभा (WHA79) को उपाध्यक्ष पदमा नेपाल सर्वसम्मत रूपमा निर्वाचित भएको छ। स्विट्जरल्यान्डको जेनेभास्थित पाले डे नेसन्समा आज आयोजित महासभाको उद्घाटन सत्रमा नेपाललाई यो ऐतिहासिक जिम्मेवारी दिने निर्णय भएको हो।

महासभाको उपाध्यक्षमा निर्वाचित भएसँगै आजै नेपालको तर्फबाट माननीय मन्त्री निशा मेहताले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। विश्व स्वास्थ्य नीति र रणनीतिहरू तय गर्ने सर्वोच्च निकायमा नेपालको यो प्रतिनिधित्वलाई अन्तर्राष्ट्रिय स्वास्थ्य कुटनीति र स्वास्थ्य क्षेत्रमा नेपालले हासिल गरेको उपलब्धिको कदरका रूपमा हेरिएको छ। जेनेभामा जारी यस महासभामा विश्वभरका स्वास्थ्य मन्त्री र विशेषज्ञहरूको सहभागिता रहेको छ।

यो समाचारमा

काठमाडौँस्विट्जरल्यान्ड

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    भरतपुर अस्पताललाई ९२ करोड बढी भुक्तानी

    चितवन । भरतपुर अस्पतालले रु ९२ करोड ३६ लाख ४२ हजार ९४७ भुक्तानी पाएको छ । बिमा गरेका सेवाग्राहीसँग अस्पतालले असुल गर्नुपर्ने उक्त रकम बिमा बोर्डले उपलब्ध गराएको हो ।  स्वास्थ्य संस्थाका बिमा कार्यक्रम प्रमुख लिलाधर पौडेल उपचारवापत अझै रु ३६ करोड असुल हुन बाँकी रहेको जानकारी दिए ।  संस्थाले विसं २०७४

    Data is loading...

    Loading brands...

    Loading footer...