रासायनिक मल आपूर्तिमा भारतको आश्वासन, ‘नेपालको आवश्यकता पूरा गर्छौँ’

Author

सजिलो पत्रिका

२०८३ वैशाख २४, बिहिबार

15
Share
Featured

काठमाडौँ - नेपालमा बर्सेनि हुने रासायनिक मलको हाहाकारकाबिच भारतले नेपाललाई आवश्यक मल आपूर्ति गर्ने प्रतिबद्धता जनाएको छ। 

भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जैसवालले बिहीबार आयोजित पत्रकार सम्मेलनमा बोल्दै दुई देशबिचको बहुआयामिक सम्बन्धलाई जोड दिँदै नेपालको मलको मागलाई पूरा गर्ने बताएका हुन्। 

नेपालभारत सरकारबिच मल आपूर्तिका लागि जी–टू–जी सम्झौता भएको भन्ने सञ्चारमाध्यमका रिपोर्टहरूबारे सोधिएको प्रश्नको जवाफ दिँदै जैसवालले दुई देशबिच यस्ता विषयमा निरन्तर छलफल र सहकार्य भइरहेको जानकारी दिए।

प्रवक्ता जैसवालले नेपाल र भारतबिचको सम्बन्ध निकै घनिष्ठ रहेको चर्चा गर्दै भारतले नेपालको विकास र आवश्यकतामा सधैँ साथ दिने बताए । उनले पछिल्लो समय ऊर्जा र तेलको क्षेत्रमा भइरहेको सहयोगको उदाहरण दिँदै मलको क्षेत्रमा पनि सोही अनुरूपको सहकार्य अघि बढ्ने बताए। 

भारतले हाल नेपाललाई सम्झौता बमोजिम ऊर्जा र पेट्रोलियम पदार्थ उपलब्ध गराइरहेको सन्दर्भ उल्लेख गर्दै उनले नेपाललाई आवश्यक पर्ने रासायनिक मलको आपूर्ति सुनिश्चित गर्न भारत सकारात्मक रहेको स्पष्ट पारे।

 प्रवक्ता जैसवालले नेपालसँगको सम्बन्धलाई अझ सुदृढ बनाउन भारत प्रतिबद्ध रहेको भन्दै आवश्यक परिमाणमा मल उपलब्ध गराउन कुनै कसर बाँकी नराख्ने दाबी गरे।

यो समाचारमा

नेपालकाठमाडौँभारत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...