नेविसंघ अध्यक्ष शेर्पाद्वारा स्ववियु खारेजीबारे कांग्रेसको स्पष्ट धारणा माग

Author

सजिलो पत्रिका

२०८३ वैशाख १५, मङ्गलबार

16
Share
Featured

काठमाडौँ


नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) का अध्यक्ष दुजाङ शेर्पाले संगठनको विधान र स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खारेजीबारे नेपाली काँग्रेसको आधिकारिक धारणा माग गरेका छन्।

कांग्रेस केन्द्रीय कार्यालय सानेपामा महामन्त्री प्रदीप पौडेलको संयोजकत्वमा बसेको भातृ तथा शुभेच्छुक संस्थाहरूको सदस्यता अद्यावधिक सम्बन्धी बैठकमा अध्यक्ष शेर्पाले नेविसंघको विधान, स्ववियुको भूमिका र समसामयिक राजनीतिक परिस्थितिबारे पार्टीको स्पष्ट धारणा आवश्यक रहेको बताएका हुन्।

शेर्पाले करिब दुई वर्षअघि पारित भएको भनिएको नेविसंघको नयाँ विधान हालसम्म केन्द्रीय समितिलाई उपलब्ध नगराइनु आपत्तिजनक भएको भन्दै त्यसलाई तत्काल सार्वजनिक गर्नुपर्ने माग गरे। उनले संगठनलाई विधि र विधानअनुसार सञ्चालन गर्नुपर्नेमा जोड दिए।

यस्तै, सरकारले विद्यार्थी संगठनहरू तथा स्ववियु खारेज गर्ने तयारी गरिरहेको चर्चा भइरहेका बेला अध्यक्ष शेर्पाले यस विषयमा कांग्रेसको स्पष्ट र आधिकारिक धारणा सार्वजनिक गर्न आग्रह गरेका छन्। उनले स्ववियु विद्यार्थी अधिकार संरक्षण र नेतृत्व विकासको महत्वपूर्ण संस्था भएको भन्दै यसको खारेजी उपयुक्त नहुने बताए।

यो समाचारमा

काठमाडौँनेपाली काँग्रेस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...