महँगीविरुद्ध अमृत क्याम्पसका विद्यार्थीको कक्षाकोठामै डिजिटल प्रदर्शन

Author

सजिलो पत्रिका

२०८३ वैशाख १४, सोमबार

15
Share
Featured

काठमाडौँ

बढ्दो महँगीले विद्यार्थीको जीवनयापन कष्टकर बनेको भन्दै अमृत क्याम्पस (अस्कल) का विद्यार्थीहरूले कक्षाकोठामै ‘डिजिटल’ माध्यमबाट साङ्केतिक प्रदर्शन गरेका छन्। स्वतन्त्र विद्यार्थी युनियन (स्ववियू) अमृत क्याम्पसको नेतृत्वमा सोमबार यस्तो विरोध प्रदर्शन गरिएको हो।

विद्यार्थीहरूले महँगी र मूल्यवृद्धिको विरोधमा डिजिटल प्लेकार्ड तथा सामाजिक सञ्जालमार्फत आफ्ना माग सार्वजनिक गरेका थिए। उनीहरूले “महँगीको मार, विद्यार्थीमाथि भार” र “महँगी नियन्त्रण गर, नत्र आन्दोलनको सामना गर” जस्ता नारासहित सरकारको ध्यानाकर्षण गराएका छन्।

स्ववियू सभापति रुद्रहरि पोखरेलका अनुसार विद्यार्थीमाथि थपिएको आर्थिक बोझ र सरकारको उदासीनताप्रति ध्यानाकर्षण गराउन कक्षाकोठामै सिर्जनात्मक रूपमा प्रदर्शन गरिएको हो। उनले विद्यार्थीलाई दिइँदै आएको ४५ प्रतिशत सहुलियत पूर्ण रूपमा कार्यान्वयन गर्न र दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि नियन्त्रण गर्न सरकारसँग माग गरेका छन्।

पोखरेलले माग सम्बोधन नभएमा आगामी दिनमा सशक्त सडक आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी पनि दिएका छन्।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...