काठमाडौँका तीन अतिक्रमित बस्ती खाली, डोजर चलाएर संरचना हटाइयो

Author

सजिलो पत्रिका

२०८३ वैशाख १३, आइतबार

26
Share
Featured

काठमाडौँ

काठमाडौँ महानगरपालिकाले सार्वजनिक तथा सरकारी जग्गा अतिक्रमण गरी बनेका बस्ती हटाउने अभियानलाई तीव्र बनाएको छ। यसैक्रममा शनिबार काठमाडौँका तीन स्थानका बस्ती खाली गरिएको छ।

काठमाडौँ महानगरपालिका–११ थापाथलीस्थित वाग्मती नदी किनार, वडा नं. ९ को गैरीगाउँ–सिनामङ्गल क्षेत्र र वडा नं. ३१ को शान्तिनगरमा रहेका अतिक्रमित बस्तीहरू डोजर प्रयोग गरी हटाइएका हुन्। महानगर प्रहरी बलका अनुसार सरकारी जग्गा अतिक्रमण गरी बनेका अस्थायी तथा स्थायी संरचना भत्काइएको हो।

थापाथली क्षेत्रमा संरचना कम भएकाले काम छिटो सम्पन्न भएको थियो भने गैरीगाउँ–सिनामङ्गलमा पक्की घर बढी भएकाले भत्काउने कार्य रातिसम्म चलेको थियो। प्रभावित बासिन्दालाई पहिले सुरक्षित रूपमा सामान सार्न समय दिइएपछि मात्र डोजर प्रयोग गरिएको महानगरले जनाएको छ।

काठमाडौँ उपत्यका विकास प्राधिकरणका अनुसार यी क्षेत्रमा कुल ८७१ परिवार बसोबास गर्दै आएका थिए। थापाथलीमा १४३, गैरीगाउँमा १६२, गोठाटारमा ७७, शान्तिनगरमा ४७६ र मनोहरामा १३ परिवार रहेको तथ्याङ्क छ।

सरकारले नदी किनार तथा सार्वजनिक जग्गा संरक्षण, सहरी सौन्दर्यीकरण र दीर्घकालीन सहरी व्यवस्थापनलाई प्राथमिकतामा राख्दै अभियान अघि बढाएको हो। यद्यपि प्रभावित परिवारको पुनःस्थापना र व्यवस्थापनबारे सरोकारवालाहरूले दीर्घकालीन समाधानको माग गरेका छन्।

यसैबीच, मनोहरा खोला किनारमा संरचना हटाउने क्रममा भने अवरोध भएको थियो। सो क्रममा सुकुमवासी र सुरक्षाकर्मीबीच झडप हुँदा २२ जना सुरक्षाकर्मी घाइते भएका प्रहरीले जनाएको छ। घाइतेमध्ये नेपाल प्रहरी र सशस्त्र प्रहरीका जवानहरू रहेका छन्।

यो समाचारमा

काठमाडौँ महानगरपालिकाकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...