बीपी राजमार्गमा आवागमन बन्द, सवारी साधन होल्ड गरिएको

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

25
Share
Featured

काठमाडौँ

वर्षाका कारण आएको बाढीको जोखिमलाई ध्यानमा राख्दै बीपी राजमार्गमा आवागमन बन्द गरिएको छ। जिल्ला प्रहरी कार्यालय धुलिखेलले काभ्रेपलाञ्चोकको नमोबुद्धस्थित कटुञ्जेदेखि रोशीको मङ्गलटारसम्मको सडकखण्ड शनिबार दिउँसो ३:३० बजेदेखि बन्द गराएको जनाएको छ।

प्रहरीका अनुसार वर्षासँगै रोशी खोलामा पानीको बहाव बढेपछि सम्भावित जोखिम न्यूनीकरणका लागि उक्त निर्णय लिइएको हो। राजमार्गको अवस्थाबारे स्पष्ट जानकारी नभएसम्म सो क्षेत्रमा यात्रा नगर्न सर्वसाधारणलाई आग्रह गरिएको छ।

वर्षाका कारण रोशी खोलामा आएको बाढीले यसअघि निर्माण गरिएको अस्थायी डाइभर्सन पटक–पटक बगाउँदै आएको छ। गत वर्षको बाढीपहिरोले रोशी र सिन्धुलीको नेपालथोक क्षेत्रमा करिब १८ किलोमिटर सडक क्षतिग्रस्त भएपछि अस्थायी मार्ग निर्माण गरी यातायात सञ्चालन गरिएको थियो। हाल पनि स्थायी सडक निर्माणको काम जारी रहेको डिभिजन सडक कार्यालय भक्तपुरले जनाएको छ।

राजमार्ग बन्द भएपछि सवारी साधनहरूलाई धुलिखेलको काभ्रेभञ्ज्याङ र सिन्धुलीको नेपालथोक क्षेत्रमा रोकिएको छ। अर्को सूचना जारी नभएसम्म उक्त सडकखण्डमा आवागमन नखोलिने जनाइएको छ।

यो समाचारमा

काठमाडौँसिन्धुली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...