नेपालले युएईलाई दियो २०१ रनको चुनौती

Author

सजिलो पत्रिका

२०८३ वैशाख १२, शनिबार

14
Share
Featured

काठमाडौँ

आजदेखि काठमाडौँमा सुरु भएको आइसिसी विश्वकप लिग–२ क्रिकेट प्रतियोगितामा दीपेन्द्रसिंह ऐरिको अर्धशतकमा नेपालले  संयुक्त अरब इमिरेट्स (युएई)लाई जितका लागि २०१ रनको चुनौती दिएको छ ।

कीर्तिपुरस्थित त्रिवि मैदानमा जारी खेलमा ‘टस’ हारेर पहिला ‘ब्याटिङ’को निम्तो पाएको नेपालले ४८ दशमलव दुई ओभरमा सबै ‘विकेट’ गुमाउँदै २०० रनको योगफल बनायो । नेपालका लागि दीपेन्द्र सिंह एरीले सर्वाधिक ७५ रनको योगदान दिए । उनले ९० बलमा पाँच चौका र दुई छक्कासहित ७५ रन बनाएका हुन् ।  

नेपालको सुरुआत कमजोर रहँदा आसिफ शेख सात रनमै आउट भए भने कप्तान रोहित पौडेल केवल दुई रनमा पवेलियन फर्किए । त्यस्तै, कुशल भुर्तेलले २४ रन, बसिर अहमदले २० रन र करण केसीले २२ रनको योगदान दिए ।

अन्य खेलाडीहरूमा भीम सार्कीले १० तथा आरिफ शेखले र सोमपाल कामीले समान १५/१५ रन बनाए । बलिङतर्फ युएईका जुनैद सिद्दिकी, अजय कुमार र खुजैमा तनवीरले समान तीन विकेट लिए । युएई अहिले जवाफी ब्याटिङमा उत्रेको छ । 

यो समाचारमा

नेपालकाठमाडौँसंयुक्त अरब इमिरेट्स

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    अर्जेन्टिनालाई हराउँदै स्पेन बन्यो विश्वविजेता

    काठमाडौं । स्पेनले फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। सोमबार बिहान न्यु जर्सीस्थित रंगशालामा सम्पन्न रोमाञ्चक फाइनल खेलमा साविक विजेता अर्जेन्टिनालाई १–० गोल अन्तरले पराजित गर्दै स्पेनले १६ वर्षपछि दोस्रो पटक विश्वकपको ट्रफी उचालेको हो।यसअघि सन् २०१० मा पहिलो पटक विश्वविजेता बनेको स्पेनका लागि यो ऐतिहासिक दोस्रो सफलता हो।

    Data is loading...

    Loading brands...

    Loading footer...