प्रतिनिधि सभामा बैठक कक्षभित्र फोटो, अडियो र भिडियो रेकर्ड गर्न प्रतिबन्ध

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०८, मङ्गलबार

18
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको बैठकमा अबदेखि फोटो खिच्न तथा अडियो–भिडियो रेकर्ड गर्न नपाइने भएको छ। प्रतिनिधि सभा कार्यसञ्चालन नियमावलीको मस्यौदामा यस्तो नयाँ व्यवस्था समावेश गरिएको हो।

नियमावलीको नियम २० अन्तर्गत बैठकमा पालना गर्नुपर्ने आचरणसम्बन्धी उपनियममा बैठक कक्षभित्र मोबाइल फोन साइलेन्ट अवस्थामा राख्नुपर्ने, फोनमा कुरा गर्न नहुने तथा फोटो, अडियो र भिडियो रेकर्ड गर्न निषेध गरिएको उल्लेख छ।

यसअघि कार्यसञ्चालन नियमावलीमा यस्तो प्रावधान थिएन। नयाँ मस्यौदामार्फत संसदीय मर्यादा र गोपनीयता कायम गर्न यस्तो व्यवस्था गरिएको जनाइएको छ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...