वाम एकताको चर्चा अप्रासंगिक, ध्यान मोड्ने प्रयास : विष्णु पौडेल

Author

सजिलो पत्रिका

२०८३ वैशाख ०५, शनिबार

12
Share
Featured

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का शीर्ष नेताहरूले पछिल्ला दिनमा चलिरहेको वामपन्थी एकताको चर्चालाई असान्दर्भिक ठहर गरेका छन्। उनीहरूले यस्तो बहस पार्टीको मूल कार्यसूचीबाट ध्यान मोड्ने प्रयासका रूपमा लिएका छन्।

पार्टीका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले शनिबार सामाजिक सञ्जालमार्फत आफ्नो धारणा सार्वजनिक गर्दै हालको प्राथमिकता निर्वाचनमा व्यहोरेको पराजयको गम्भीर समीक्षा र पार्टी पुनर्गठन रहेको बताएका छन्। उनले वाम एकताको चर्चा यथार्थबाट ध्यान अन्यत्र मोड्न ‘पर्दाभित्रबाट’ चलाइएको अप्रासंगिक बहस भएको टिप्पणी गरेका छन्।

उनले आफ्नो फेसबुक स्टाटसमा लेखेका छन् कि एमालेका लागि अहिलेको मुख्य एजेन्डा निर्वाचन परिणामको समिक्षा र संगठन सुदृढीकरण हो। यस सन्दर्भमा वामपन्थी एकताको चर्चा किन र कसले अघि बढाइरहेको भन्नेबारे उनले प्रश्न उठाएका छन्।

यसअघि पार्टीका महासचिव शंकर पोखरेल ले पनि यस्तै धारणा सार्वजनिक गरेका थिए। उनले वाम एकताको बहसलाई ‘भ्रमपूर्ण एजेन्डा सेटिङ’ भन्दै खण्डन गरेका थिए।

पछिल्ला दिनमा विभिन्न सञ्चारमाध्यममा एमालेसहित अन्य वामपन्थी शक्तिबीच एकताको सम्भावनाबारे समाचार र विश्लेषणहरू सार्वजनिक भइरहेका छन्। तर एमाले नेतृत्वका ताजा अभिव्यक्तिहरूले पार्टी तत्काल कुनै एकता प्रक्रियामा नजाने र त्यस्तो कुनै तयारी नभएको स्पष्ट संकेत गरेका छन्।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)विष्णुप्रसाद पौडेल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...