काठमाडौँ
जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले सार्वजनिक बिदाका दिनसमेत अत्यावश्यक सरकारी सेवा प्रवाह गर्ने भएको छ। कार्यालयले नागरिकता, राहदानी तथा राष्ट्रिय परिचयपत्रसम्बन्धी सेवा बिदाको दिन पनि उपलब्ध गराइने जनाएको हो।
सहायक प्रमुख जिल्ला अधिकारी मोहनचन्द्र जोशी का अनुसार सेवाग्राहीलाई सहजता प्रदान गर्ने उद्देश्यले सार्वजनिक बिदामा पनि सेवा सञ्चालन गर्ने निर्णय गरिएको हो।
यसअनुसार चण्डी पूर्णिमा, बुद्ध जयन्ती, उभौली पर्व, गणतन्त्र दिवस, पृथ्वी जयन्ती, रक्षा बन्धन, घटस्थापना, धान्य पूर्णिमा, क्रिसमस डे, विभिन्न ल्होसार, माघी, प्रजातन्त्र दिवस, अन्तर्राष्ट्रिय महिला दिवस र होलीलगायतका बिदामा सेवा प्रवाह हुनेछ।
त्यस्तै मुस्लिम धर्मावलम्बीहरूको ईद (ईद उल फित्र) र बकर ईद (ईद उल अजहा) का अवसरमा पनि सेवा सञ्चालन गरिने कार्यालयले जनाएको छ। सेवाग्राहीलाई आवश्यक कागजातसहित उपस्थित हुन प्रशासनले अनुरोध गरेको छ।