काठमाडौँ।
निवर्तमान प्रधानमन्त्री सुशीला कार्कीले नयाँ वर्ष २०८३ को सुखद अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गरेकी छन्। सामाजिक सञ्जाल फेसबुकमार्फत सन्देश जारी गर्दै उनले नयाँ वर्षले सबैमा सकारात्मक ऊर्जा, नयाँ आशा र उत्साह लिएर आओस् भन्ने कामना गरेकी हुन्।
आफ्नो शुभकामना सन्देशमा कार्कीले विगतका अनुभवहरूबाट पाठ सिक्दै भविष्यलाई अझ उज्यालो र न्यायपूर्ण बनाउनुपर्नेमा जोड दिएकी छन्। उनले मुलुकलाई समृद्धिको दिशामा लैजान कानुनी सर्वोच्चता र सामाजिक एकता अनिवार्य रहेको बताउँदै नयाँ वर्षले सबैमा न्यायपूर्ण समाज निर्माण गर्ने ऊर्जा प्रदान गरोस् भन्ने शुभेच्छा प्रकट गरेकी छन्।
"राष्ट्रिय हित, विधिको शासन र सामाजिक सद्भाव अभिवृद्धिका लागि हामी सबै मिलेर अघि बढ्न सकौँ," उनले सन्देशमा उल्लेख गरेकी छन्। कार्कीले बितेका वर्षका सिकाईलाई आत्मसात् गर्दै आगामी दिनमा राष्ट्रिय सफलता प्राप्त गर्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना समेत गरेकी छन्।