एमाले अध्यक्ष केपी शर्मा ओलीको पित्तथैलीको शल्यक्रिया सुरु

Author

सजिलो पत्रिका

२०८२ चैत ३०, सोमबार

17
Share
Featured
  • एमाले अध्यक्ष केपी शर्मा ओली को पित्तथैलीको शल्यक्रिया त्रिवि शिक्षण अस्पताल मा सुरु गरिएको छ।
  • २२ एमएमको पत्थरी निकाल्न डा. पलेस्वाँ जोशी लाखेको नेतृत्वमा चिकित्सक टोलीले शल्यक्रिया गरिरहेको छ।
  • अन्य स्वास्थ्य अवस्था सामान्य रहेको र उनी उपचारका लागि अस्पतालमै रहेका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओलीको आज (सोमबार) पित्तथैलीको शल्यक्रिया गरिँदै छ। महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा उपचाररत ओलीलाई केही बेरअघि शल्यक्रियाका लागि 'अपरेसन थिएटर' मा लगिएको छ।

अस्पतालका सूचना अधिकारी कालिप्रसाद रोसयाराका अनुसार डा. पलेस्वाँ जोशी लाखे नेतृत्वको चिकित्सक टोलीले उनको शल्यक्रिया गर्नेछ। ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको र त्यसलाई शल्यक्रियामार्फत निकालिने अस्पतालले जनाएको छ।

गत भदौमा भएको 'जेनजी आन्दोलन' मा दमन गरेको अभियोगमा पक्राउ परेका ओली चैत १४ गतेदेखि नै शिक्षण अस्पतालमा प्रहरी निगरानीमा उपचाररत थिए। चैत २६ गते हाजिरी जमानीमा रिहा भए पनि शल्यक्रिया गर्नुपर्ने भएकाले उनी अस्पतालमै बसेका हुन्। चिकित्सकहरूका अनुसार शल्यक्रियाबाहेक उनको अन्य स्वास्थ्य अवस्था सामान्य रहेको छ।

यो समाचारमा

काठमाडौँनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...