ज्ञानेन्द्र शाही : उपसभामुख पद हाम्रो प्राथमिकतामा थिएन

Author

सजिलो पत्रिका

२०८२ चैत २७, शुक्रबार

16
Share
Featured

काठमाडौँ

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का संसदीय दलका नेता ज्ञानेन्द्र शाहीले उपसभामुख पद आफ्नो पार्टीको प्राथमिकतामा नरहेको बताएका छन्। उनले उक्त पदलाई “एक थान उपसभामुख” भन्दै यो विषय प्राथमिकता नभएको स्पष्ट पारेका हुन्।

प्रतिनिधिसभामा उपसभामुख चयन प्रक्रिया चलिरहेका बेला राप्रपाबाट सरस्वती लामा र श्रम संस्कृति पार्टीबाट रुबी ठाकुरको उम्मेदवारी परेको छ।

लामाको उम्मेदवारीमा प्रस्तावक रहेका शाहीले प्रतिनिधिसभामा बोल्दै रास्वपाको प्रस्तावपछि उम्मेदवारी दिएको बताए। उनले ठूलो दलबाट आएको प्रस्तावलाई स्वीकार गर्दै उम्मेदवारी दर्ता गरिएको स्पष्ट पारेका छन्।

यो समाचारमा

ज्ञानेन्द्र शाहीकाठमाडौँराष्ट्रिय प्रजातन्त्र पार्टी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    नक्कली भुटानी शरणार्थी मुद्दामा पूर्वमन्त्री रायमाझीलाई चार वर्ष र खाणलाई दुई वर्ष कैद सजाय

    काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझीलाई चार वर्ष कैद सजाय तोकिएको छ । जिल्ला अदालत काठमाडौँले आज चार वर्ष कैद सजाय र ४० हजार रुपैयाँ जरिवाना तोकेको हो ।न्यायाधिश तेजबहादुर खड्काको इजलासले सुनाएको सजाय आदेशअनुसार पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई दुई वर्ष कैद सजाय र २० हजार रुपैयाँ जरिवाना

    Data is loading...

    Loading brands...

    Loading footer...