ओली र लेखकबारे एमालेको आक्रोश, कांग्रेस सांसद मौन

Author

सजिलो पत्रिका

२०८२ चैत २४, मङ्गलबार

24
Share
Featured

काठमाडौँ

प्रतिनिधि सभाको मंगलबारको बैठकमा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का सांसदहरूले पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली र पूर्वगृहमन्त्री तथा नेपाली काँग्रेसका नेता रमेश लेखकलाई राजनीतिक प्रतिशोधका आधारमा पक्राउ गरिएको भन्दै रिहाइको माग गरेका छन्।

शून्य समयमा बोलेका एमाले सांसदहरूले ओली र लेखकको पक्राउ गैरकानुनी भएको दाबी गर्दै तत्काल रिहा गर्न सरकारसँग आग्रह गरेका हुन्। उनीहरूले सरकारले संविधान र विधिको शासन उल्लंघन गरेको आरोपसमेत लगाए।

सांसद गुरुप्रसाद बराल, यशोदा बराल, गणेशसिंह ठगुन्ना, गंगा छन्त्याल र कुलभक्त शाक्यले पक्राउको विरोध गर्दै मुद्दा खारेज गर्नुपर्ने धारणा राखे।

यसैबीच, नेपाली कांग्रेसका सांसदहरूले भने आफ्ना नेता लेखक पक्राउ परेको विषयमा संसद्मा कुनै प्रतिक्रिया नदिएको देखिएको छ। मंगलबारको बैठकमा कांग्रेसका सांसदहरूले अन्य विषयमा मात्रै धारणा राखेका थिए।

उता राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद आकृति अवस्थीले भने विद्यार्थीमाथि गोली चलाउने व्यवस्था कुन कानुनमा छ भन्दै सरकारसँग प्रश्न गरेकी छन्।

यो समाचारमा

नेपाली काँग्रेसरमेश लेखकनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली
काठमाडौँ4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...