रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिटमा सुनुवाइ सकियो

Author

सजिलो पत्रिका

२०८२ चैत १६, सोमबार

15
Share
Featured

काठमाडौँ

पूर्वगृहमन्त्री रमेश लेखकको बन्दी प्रत्यक्षीकरण रिट निवेदनमाथि सर्वोच्च अदालतमा सोमबार सुनुवाइ सम्पन्न भएको छ। उक्त निवेदनमाथि सुनुवाइका लागि न्यायाधीश कुमार रेग्मी को इजलासमा पेसी तोकिएको थियो।

गैरकानुनी रूपमा थुनामा राखिएको भन्दै लेखकलाई तत्काल रिहा गर्न माग गर्दै आइतबार बन्दी प्रत्यक्षीकरण रिट दायर गरिएको थियो। कांग्रेस नेता लेखकका तर्फबाट यशोदा लेखकले उक्त निवेदन दर्ता गराएकी हुन्।

भदौ २३ र २४ गते भएको जेनजी आन्दोलनसँग सम्बन्धित घटनामा अनुसन्धानका लागि लेखकलाई पक्राउ गरिएको थियो। उक्त आन्दोलनका क्रममा भएको दमनमा संलग्न रहेको आरोप उनीमाथि लगाइएको छ।

घटनाको जाँचबुझका लागि गठन गरिएको आयोगले समेत लेखकसहित सम्बन्धित व्यक्तिहरूमाथि मुद्दा चलाउन सिफारिस गरेको थियो। सोही आधारमा उनीमाथि अनुसन्धान अघि बढाइएको हो।

अब सर्वोच्च अदालतले यस विषयमा गर्ने निर्णयले लेखकको रिहाइ वा थुनाको अवस्थाबारे टुंगो लगाउनेछ।

यो समाचारमा

रमेश लेखककाठमाडौँसर्वोच्च अदालत

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

    जनकपुरधाम : यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब ५८ प्रतिशत खेतीयोग्य जग्गामा धान रोपाइँ भएको छ । मधेस प्रदेश कृषि विकास निर्देशनालय नक्टाझिज धनुषाका अनुसार असारसम्ममा मधेस प्रदेशमा कुल क्षेत्रफलको ५७ दशमलव ९३ प्रतिशत हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको हो । त्यसमध्ये सबैभन्दा बढी सिरहामा ८० प्रतिशत क्षेत्रफलमा

    Data is loading...

    Loading brands...

    Loading footer...