काठमाडौँ।
नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) को शपथ ग्रहण समारोहमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री खड्गप्रसाद शर्मा ओली अनुपस्थित रहेका छन्। झापा–५ मा बालेनसँगै पराजित भएका ओली आफ्ना प्रतिस्पर्धी प्रधानमन्त्री नियुक्त भएर शपथ लिने विशेष समारोहमा सहभागी नभएका हुन्।
त्यस्तै, नेपाली काँग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेर बहादुर देउबा पनि हाल विदेशमा रहेका कारण समारोहमा उपस्थित हुन सकेनन्।
राष्ट्रपति भवन शीतल निवासमा आयोजित समारोहमा अन्य पाँच पूर्वप्रधानमन्त्रीहरू भने सहभागी भए। सहभागी हुनेहरूमा नेकपाका संयोजक पुष्पकमल दाहाल 'प्रचण्ड', सहसंयोजक माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रलोपा नेता बाबुराम भट्टराई र अन्तरिम सरकारका पूर्वप्रमुख खिलराज रेग्मी रहेका छन्। राष्ट्रपति रामचन्द्र पौडेलले बालेनलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।