उदाउँदो सूर्यलाई अघ्र्य दिँदै वासन्ती छठ सम्पन्न

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार ११:१९

18
Share
Featured

काठमाडौँ

मधेसको प्राचीन मिथिला क्षेत्रमा आज बिहान उदाउँदो सूर्यलाई अघ्र्य दिँदै यसपालिको वासन्ती छठ पर्व बर्तालुले सम्पन्न गरेका छन् । मङ्गलबार साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका बर्तालुले आज बिहान सूर्योदय भएसँगै दोस्रो अघ्र्य दिएर पर्व सम्पन्न गरेका हुन् ।

मिथिलामा वासन्ती छठलाई बोलीचालीमा ‘चैती छठ’ भनिन्छ । वसन्त ऋतुमा मनाइने हुँदा यसलाई वासन्ती छठ भनिएको पाका मैथिल बताउँछन् । चैत शुक्लपक्षमा मनाइने हुँदा आम बोलीमा यसलाई ‘चैती छठ’ भन्ने गरिएको बर्दिबास–१४ हटियाका ७५ वर्षीय रामअयोध्या साह बताउनुहुन्छ ।

चारदिने यो पर्व चैत शुक्ल चौथी (चतुर्थी) देखि सप्तमीसम्मको हुन्छ । यसपालि गत आइतबार चैत शुक्ल चतुर्थी (चौथी)का दिन ‘नहाय–खाय’ र सोमबार पञ्चमी तिथिका दिन बर्तालुले ‘खरना’ विधि सम्पन्न गरेका थिए । यसैगरी मङ्गलबार षष्ठी तिथिको निराहार व्रत बसेर बर्तालुले साँझ अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य दिएका थिए । यो पहिलो अघ्र्यलाई यहाँ ‘सझुका अरख’ भन्ने गरिएको छ । त्यसैगरी आज उदाउँदो सूर्यलाई दिइने अघ्र्यको विधिलाई ‘भोरका अरख’ वा ‘पारन’ भनिन्छ ।

पर्वको पहिलो दिन स्नान गरेर चोखोनीतिो खाने चलन छ । यस दिन व्रतमा अपवित्र मानिने लहसुन, प्याज र कोदोसहितका खाद्यपदार्थ प्रयोग गरिन्नन् । अरवा चामलको भात खाइने हुँदा यस दिनलाई ‘अर्बाअर्बाइन’ पनि भनिन्छ । यसैगरी दोस्रो अर्थात् ‘खरना’का दिन दिनभरि उपवास रही राति सक्खर हालेर पकाइएको खिर इष्टदेवलाई चढाएर बर्तालुले खान्छन् । यो प्रसाद खाएपछि निराहार व्रत प्रारम्भ हुन्छ । षष्ठी तिथिका दिन निराहार व्रत रही साँझ पवित्र जलासयमा बनाइएको घाटमा गई अस्ताउँदो सूर्यलाई पहिलो अघ्र्य (अर्घ) दिने परम्परा छ । यस क्रममा फलफूल र ठकुवा (गहुँको पीठोबाट बनाइएको मिष्टान्न परिकार), भुसुवा (कसार) र अन्य परिकार राखिएको डाला हातमा उठाएर सूर्यदेवलाई देखाइन्छ । कम्मरसम्म पानीमा चोबलिएर सूर्यलाई अघ्र्य दिने परम्परा छ । चौथो अर्थात् सप्तमी तिथिका दिन बिहान उदाउँदो सूर्यलाई यिनै प्रसाद सामग्री देखाएर अघ्र्य दिई बर्तालुले व्रत समापन गर्नेछन् ।

शरद् र वसन्त ऋतुमा गरी वर्षमा दुईपटक मनाइने छठ सूर्य र सूर्य पत्नी षष्ठीको उपासनाको पर्व मानिन्छ । शरद् ऋतुमा कात्तिक शुक्ल चौथीदेखि सप्तमीसम्म र वसन्त ऋतुमा चैत शुक्ल चौथीदेखि सप्तमीसम्म समान विधिले यो पर्व सम्पन्न गरिन्छ । 

यो व्रतका प्रभावले हरेक मनोकाङ्क्षा पूरा हुने विश्वास गरिन्छ । मिथिलामा यो पर्व द्वापर युगमा श्रीकृष्ण पुत्र साम्बले कुष्ठरोग निवारणका लागि गरेका र त्यसैबेलादेखि प्रारम्भ भएको मानिन्छ । यस्तै महाभारतकालमै पाण्डवले गुप्तवास सफलताको कामना गरेर सूर्यदेवको आराधना गरेका र सति अनसुइयाले सूर्य उपासना गरेको जनश्रुति पनि छ । यो व्रत प्रभावले छालाजन्य रोग  नलाग्ने जनविश्वास पनि छ ।

यो समाचारमा

काठमाडौँकाठमाडौँ

ट्यागहरू

#छठ पर्व#छठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    sajilo patrika

    शुक्रबार यी राशिहरूको लागि शुभ, हेर्नुहोस् राशिफल

    हेर्नुस् आजको राशिफल

    कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल

    जेठ १८ गते सोमबार, यस्तो छ तपाईंको राशिफल

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू