इरानद्वारा कुवेतको विमानस्थलमा ड्रोन प्रहार, सुरक्षा संयन्त्र उच्च सतर्कतामा

Author

सजिलो पत्रिका

२०८२ चैत ११, बुधबार

14
Share
Featured
  • कुवेत अन्तर्राष्ट्रिय विमानस्थल मा इरानी ड्रोन आक्रमण हुँदा इन्धन डिपोमा ठूलो आगलागी भयो।
  • आक्रमणबाट भौतिक क्षति भए पनि हालसम्म कुनै मानवीय क्षति भएको छैन।
  • घटनापछि सुरक्षा संयन्त्र परिचालन गरी आगो नियन्त्रणमा लिइएको छ र थप अनुसन्धान जारी छ।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

कुवेतको अन्तर्राष्ट्रिय विमानस्थलमा बुधबार बिहानै इरानी ड्रोनले भीषण आक्रमण गरेको छ। कुवेतको नागरिक उड्डयन प्राधिकरणका अनुसार ड्रोनले विमानस्थलस्थित इन्धन डिपोलाई लक्षित गरी प्रहार गर्दा उक्त क्षेत्रमा ठूलो आगलागी भएको हो।

आधिकारिक प्रवक्ता अब्दुल्लाह अल राज्हीले कुवेत न्युज एजेन्सी (कुना) सँग कुरा गर्दै आक्रमणबाट भौतिक क्षति भए पनि हालसम्म कुनै मानवीय क्षति नभएको जानकारी दिएका छन्। घटनालगत्तै आपतकालीन सुरक्षा संयन्त्र परिचालन गरी दमकलको सहयोगमा आगो नियन्त्रणमा लिने प्रयास गरिएको थियो। अहिले विमानस्थलको उक्त क्षेत्रलाई सुरक्षित राखेर क्षतिको विस्तृत विवरण संकलन र थप अनुसन्धान भइरहेको छ। इरान र खाडी मुलुकहरूबीच बढ्दो तनावका बीच यो आक्रमण भएको हो।

यो समाचारमा

कुवेतकाठमाडौँ

ट्यागहरू

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    Data is loading...

    Loading brands...

    Loading footer...