विश्व स्वास्थ्य सङ्गठनबाट बाहिरिँदै अर्जेन्टिना

Author

सजिलो पत्रिका

२०८२ चैत ०४, बुधबार १४:४८

26
Share
Featured

काठमाडौँ

अर्जेन्टिनाले विश्व स्वास्थ्य सङ्गठनबाट औपचारिक रूपमा फिर्ता लिएको छ । परराष्ट्रमन्त्री पाब्लो क्विर्नोले मङ्गलबार सामाजिक सञ्जालमा जानकारी दिनुभएको छ ।

उहाँका अनुसार यो निर्णय १७ मार्च सन् २०२५मा संयुक्त राष्ट्र सङ्घको महासचिवलाई पठाइएको पत्रमार्फत जानकारी गराइएको थियो । भियना सन्धि अनुसार नोटिफिकेसनको एक वर्षपछि यो फिर्ता औपचारिक रूपमा लागू भएको हो ।

क्विर्नोले भन्नुभयो,“हाम्रो देश स्वास्थ्य क्षेत्रमा अन्तर्राष्ट्रिय सहयोगलाई द्विपक्षीय सम्झौता र क्षेत्रीय फोरममार्फत अघि बढाउने छ, तर स्वास्थ्य नीतिहरू निर्धारण गर्ने हाम्रो सार्वभौमिक अधिकार र स्वतन्त्रता पूर्ण रूपमा सुरक्षित रहनेछ ।”

अर्जेन्टिनाली सरकारले सन् २०२५ मार्चमा यो निर्णय घोषणा गरेको थियो । राष्ट्रपतिका प्रवक्ताले त्यतिबेला जानकारी दिँदै भन्नुभयो,“ राष्ट्रपति हवियर मिलेइले परराष्ट्रमन्त्रीलाई यस अन्तर्राष्ट्रिय निकायबाट देशको सहभागिता फिर्ता लिन निर्देशन दिनुभएको छ ।”

“यो निर्णयले देशलाई आवश्यक सन्दर्भ अनुसार नीति निर्माण गर्न लचिलोपन दिनेछ, स्रोतको उपलब्धता बढाउनेछ र स्वास्थ्य सम्बन्धी मामिलामा सार्वभौमिकता सुनिश्चित गर्ने हाम्रो मार्गलाई पुष्टी गर्नेछ ।”

यो समाचारमा

काठमाडौँअर्जेन्टिना

ट्यागहरू

#सामाजिक सञ्जाल प्लेटफर्म#परराष्ट्रमन्त्री पाब्लो क्विर्नो#सामाजिक सञ्जाल#अर्जेन्टिना#विश्व स्वास्थ्य सङ्गठन#औपचारिक रूपमा फिर्ता

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    अमेरिका-इरान तनाव : विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'हर्मुज जलघाँटी' बन्द गर्ने इरानी सैन्य दस्ताको घोषणा

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू