ओली निवास गुण्डु पुगेर पूर्वराष्ट्रपति भण्डारीले दिइन् समवेदना

Author

सजिलो पत्रिका

२०८२ चैत ०१, आइतबार

19
Share
Featured
  • पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटेर पितृशोकमा समवेदना व्यक्त गरिन्।
  • ओलीका पिता मोहनप्रसाद ओलीको ९६ वर्षको उमेरमा शुक्रबार निधन भएको थियो।
  • भण्डारी आइतबार ओली निवास भक्तपुरको गुण्डु पुगेर श्रद्धाञ्जली अर्पण गर्दै परिवारलाई सान्त्वना दिइन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले नेकपा (एमाले) का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीलाई भेटेर पितृशोकमा समवेदना प्रकट गरेकी छन्। आइतबार मध्यान्ह भण्डारी ओली निवास भक्तपुरको गुण्डु पुगेकी हुन्।

एमाले अध्यक्ष ओलीका बुबा मोहनप्रसाद ओलीको गत शुक्रबार बिहान ९६ वर्षको उमेरमा निधन भएको थियो। सोही शोकको घडीमा समवेदना दिन र परिवारजनलाई सान्त्वना दिन पूर्वराष्ट्रपति भण्डारी ओली निवास पुगेकी हुन्। भेटका क्रममा उनले दिवंगत मोहनप्रसादप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकाकुल परिवारप्रति सहानुभूति व्यक्त गरेकी थिइन्।

यो समाचारमा

भक्तपुरखड्गप्रसाद शर्मा ओलीकाठमाडौँविद्या देवी भण्डारी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...