गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

Author

सजिलो पत्रिका

२०८२ फागुन ३०, शनिबार

21
Share
Featured

काठमाडौँ

कैलालीको गोदावरी नगरपालिका, कैलाली-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचना हटाउन सुरु गरिएको छ । अत्तरिया चोकबाट गोदावरी रोडको पूर्वपट्टि बनाइएका अवैध संरचनाहरू आजदेखि डिभिजन वन कार्यालय धनगढीको समन्वयमा सब डिभिजन कार्यालय अत्तरियाको टोलीले डोजर प्रयोग गरेर हटाउन सुरु गरेको हो । 

डिभिजन वन कार्यालय धनगढीका प्रमुख रामविचारी ठाकुरका अनुसार गोदावरी क्षेत्रमा वन अतिक्रमण गरी अवैध रूपमा भौतिक संरचना निर्माण गर्ने क्रम बढ्दो अवस्थामा रहेको सूचना प्राप्त भएपछि हटाउने अभियान सुरु गरिएको हो । गोदावरी नगरपालिकाका विभिन्न क्षेत्रमा वन क्षेत्र अतिक्रमण गरेर घर बनाउने कार्य तीव्र रूपमा भइरहेको सूचना आएकाले त्यस्ता संरचना हटाउने कामको सुरुआत आजदेखि सुरु भएको उहाँले बताउनुभयो । उहाँले अबदेखि कसैले पनि वन क्षेत्र अतिक्रमण गरी घर वा अन्य भौतिक संरचना नबनाउन आग्रहसमेत गर्नुभयो । 

पछिल्लो समय गोदावरी क्षेत्रका विभिन्न सामुदायिक वनमा अतिक्रमण गरी घर, भवन तथा सार्वजनिक संरचना बनाउने क्रम बढ्दै गएको स्थानीय वीरेन्द्र भट्टले बताउनुभयो । वन अतिक्रमण हटाउने कार्यमा दुर्गालक्ष्मी सामुदायिक वनका पदाधिकारी, वनकर्मी तथा नेपाल प्रहरीको पनि सहभागिता रहँदै आएको वन कार्यालयले जनाएको छ । 

यो समाचारमा

धनगढीकाठमाडौँगोदावरी नगरपालिका, कैलालीकैलाली

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...