निर्वाचनमा असहयोग गरेको भन्दै ११ जनामाथि कारबाहीको सिफारिस

Author

सजिलो पत्रिका

२०८२ फागुन २५, सोमबार

30
Share
Featured

काठमाडौँ


सिराहा-१ नेपाली काँग्रेस क्षेत्रीय कार्यसमितिले फागुन २१ गते भएको प्रतिनिधिसभा सदस्य निर्वाचनमा पार्टी उम्मेदवारलाई असहयोग गरेको ११ जनामाथि कारबाहीका लागि सिफारिस गरेको छ ।

सोमबार एक विज्ञप्ती जारी गर्दै पूर्वमन्त्री पदम नारायण चौधरीसहित ११ जनामाथि कारबाहीका लागि सिफारिस क्षेत्रीय सभापति महेश प्रसाद चौधरीले जानकारी दिए । उनले उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न केन्द्रीय अनुशासन समितिमा सिफारिस गरेको बताए ।

महाधिवेशन प्रतिनिधि सन्तोष चौधरी, नेपाल थारू संघका जिल्ला अध्यक्ष अजय चौधरी, क्षेत्रीय सहसचिव मुकेश महतो र क्षेत्रीय सदस्य कन्हैयाप्रसाद गुप्तामाथि कारबाहीका लागि सिफारिस गरिएको छ ।

यस्तै, नेपाल लोकतान्त्रिक खेलकुद संघका अध्यक्ष आनन्द चौधरी, जिल्ला सदस्य रामगणेश दास, महाधिवेशन प्रतिनिधि गौरी चौधरी, लहान–१० का बुथ सभापति अम्बराज मिश्र, लहान–२० का बुथ सभापति विनोद साह तथा क्षेत्रीय सदस्य गोपालकृष्ण यादवलाई कारबाहीको सिफारिस गरिएको हो ।

यो समाचारमा

सिराहानेपाली काँग्रेसकाठमाडौँ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    प्रतिनिधिसभामा सीमान्तकृतको कमजोर प्रतिनिधित्व

    काठमाडौँप्रतिनिधिसभा सदस्यको निर्वाचनसँगै प्रत्यक्ष र समानुपातिकतर्फको नतिजा सार्वजनिक भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टी पहिलो, नेपाली काँग्रेस दोस्रो, नेपाल कम्युनिष्ट पार्टी (एमाले) तेस्रो र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) चौथो पार्टी बनेको छ । यस पटक सीमान्तृकत समुदायको उपस्थिति कमजोर देखिएको छ । प्रत्यक्षतर्फ १६५ मध्ये जम्मा १४ जना (८.४८ प्रतिशत) छ

    Data is loading...

    Loading brands...

    Loading footer...