रामेछाप दुर्घटनाका घाइतेलाई भेट्न गृहमन्त्री सैनिक अस्पतालमा

Author

सजिलो पत्रिका

२०८२ फागुन १९, मङ्गलबार

19
Share
Featured
  • ओमप्रकाश अर्याल ले रामेछाप दुर्घटनाका घाइतेहरूलाई भेट्न छाउनीस्थित सैनिक अस्पताल पुगेर स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्।
  • फागुन १८ गते रामेछाप नगरपालिका–२ सिरुबारीमा निर्वाचन सामग्री बोकेको गाडी दुर्घटना हुँदा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको थियो; सात जना घाइते हाल उपचाररत छन्।
  • अस्पतालका अनुसार एक जनाको आईसीयूमा र अन्यको मेडिकल वार्डमा उपचार भइरहेको छ; गृहमन्त्रीले शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उपचारमा कुनै कमी हुन नदिने प्रतिबद्धता जनाएका छन्।
समाचार सारांशGenerated using AI.

काठमाडौँ

गृहमन्त्री ओमप्रकाश अर्यालले रामेछापमा भएको सवारी दुर्घटनाका घाइतेहरूलाई भेटेर उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन्। गृहमन्त्री अर्यालसहितको टोलीले मंगलबार छाउनीस्थित सैनिक अस्पताल पुगेर उपचाररत घाइतेहरूसँग प्रत्यक्ष संवाद गरेका हुन्।

गत फागुन १८ गते रामेछाप नगरपालिका-२ सिरुबारीमा निर्वाचन सामग्री बोकेको ना ७ ख ६७६८ नम्बरको गाडी सडकबाट करिब १०० मिटर तल खस्दा मतदान अधिकृत डोरप्रसाद घिमिरे र प्रहरी सहायक निरीक्षक पर्शुराम यादवको मृत्यु भएको थियो। सोही दुर्घटनामा घाइते भएका सात जनाको हाल सैनिक अस्पतालमा उपचार भइरहेको छ।

अस्पतालका अनुसार घाइतेमध्ये एक जनाको आईसीयूमा र अन्यको मेडिकल वार्डमा उपचार भइरहेको छ। भेटका क्रममा गृहमन्त्री अर्यालले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गर्दै उनीहरूको उपचारमा सरकारका तर्फबाट कुनै कमी हुन नदिने प्रतिबद्धता व्यक्त गरे। उनले कर्तव्य पालनाका क्रममा भएको यो दुर्घटनाप्रति दुःख समेत व्यक्त गरेका छन्।

यो समाचारमा

ओमप्रकाश अर्यालकाठमाडौँरामेछाप नगरपालिका

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    वर्षाले विभिन्न राजमार्ग प्रभावित, यि सडकमा राति सवारी सञ्चालन गर्न नपाइने

    काठमाडौँ । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढीपहिरोले राजमार्ग प्रभावित भएका छन् । केही सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएका छन् भने केहीमा राति सवारी सञ्चालनमा रोक लगाइएको छ ।नेपाल प्रहरीका अनुसार सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी काभ्रेपलान्चोक र सिन्धुली जोड्ने बिपी राजमार्गअन्तर्गत खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी सडक खण्डमा हरेक दिन बेलुका

    Data is loading...

    Loading brands...

    Loading footer...