पहाडी जिल्लामा आज होली मनाइँदै

Author

सजिलो पत्रिका

२०८२ फागुन १८, सोमबार

19
Share
Featured

काठमाडौँ

आज देशका पहाडी जिल्लामा फागु पूर्णिमाका अवसरमा होली पर्व हर्षोल्लासका साथ मनाइँदैछ । वसन्त ऋतुको आगमनसँगै मनाइने रङ्गहरूको यो पर्व धार्मिक, सांस्कृतिक तथा सामाजिक दृष्टिले महत्वपूर्ण मानिन्छ ।

परम्पराअनुसार काठमाडौंस्थित वसन्तपुर दरबार क्षेत्रमा चीर ठड्याएसँगै केही दिनअघि नै होली पर्वको औपचारिक सुरुवात भएको मानिन्छ ।

आज पूर्णिमाका दिन उपत्यकासहित देशका पहाडी जिल्लामा सार्वजनिक बिदा दिइएको छ र मानिसहरू आपसी सद्भावका साथ रङ्ग र अबिर खेल्दै पर्व मनाइरहेका छन् ।

होलीलाई असत्यमाथि सत्यको विजयको प्रतीकका रूपमा लिइन्छ । पौराणिक मान्यताअनुसार भक्त प्रह्लाद र होलिकाको प्रसंगसँग जोडिएको यो पर्वले दुष्टतामाथि सत्यको जीतको सन्देश दिने विश्वास गरिन्छ ।

पहाडी जिल्लामा बिहानैदेखि बालबालिकादेखि युवासम्म समूह–समूहमा निस्केर अबिर, पानी र रङ्ग खेल्ने क्रम चलेको छ । घरपरिवार र आफन्तसँग भेटघाट, शुभकामना आदानप्रदान र मिठा परिकार सेवन गर्दै पर्व मनाउने परम्परा पनि कायम छ ।

यसैबीच प्रशासनले मर्यादित र सुरक्षित रूपमा होली मनाउन आग्रह गरेको छ । सार्वजनिक स्थानमा अवाञ्छित गतिविधि नगर्न र वातावरणमैत्री रङ्ग प्रयोग गर्न पनि सर्वसाधारणलाई सुझाव दिइएको छ ।

तराईका जिल्लामा भने परम्पराअनुसार भोलि होली मनाइनेछ ।

यो समाचारमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    आज शनिबार, कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् राशिफल

    काठमाडौँ।मेषः प्रयत्न गर्दा सजिलै लक्ष्यमा पुग्न सकिनेछ। प्रतीक्षा गरिएको काम बन्न सक्छ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम, इनाम र प्रतिष्ठा कमाउने बेला छ। कीर्तिमानी काम गर्ने समय छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ सामाजिक दायित्व समेत बढ्नेछ। व्यापारमा पनि प्रशस्त फाइदा हुनेछ। साँझतिर मनग्य धनलाभ हुने ग्रहयोग देखिन्छ।वृषः सहयोगीहरूले

    Data is loading...

    Loading brands...

    Loading footer...