तेहरान आक्रमणमा इरानका सर्वोच्च नेता अली खामेनी मारिएको ट्रम्पको दाबी

Author

सजिलो पत्रिका

२०८२ फागुन १७, आइतबार ०९:३६

14
Share
Featured

काठमाडौँ

अमेरिकी राष्ट्रपतिले इरानका सर्वोच्च नेता अली खामेनी तेहरानमा भएको आक्रमणमा मारिएको दाबी गरेका छन् ।

ट्रम्पले आफ्नै सामाजिक सञ्जाल प्लेटफर्ममार्फत उक्त जानकारी सार्वजनिक गर्दै संयुक्त राज्य अमेरिका र इजरायलले संयुक्त रूपमा गरेको आक्रमणमा खामेनी मारिएको उल्लेख गरेका हुन् । उनले लेखेका छन् कि यस घटनाले इरानका नागरिक, अमेरिकी जनतालाई तथा विश्वका धेरै देशका मानिसहरूलाई “न्याय” मिलेको छ ।

यसअघि अन्तर्राष्ट्रिय समाचार संस्था रायटर्स तथा इजरायली सञ्चारमाध्यमहरूले पनि ८६ वर्षीय खामेनी मारिएको दाबी गरेका थिए । अमेरिकी टेलिभिजन च्यानल यह ल्भधक ले समेत इजरायली एक वरिष्ठ अधिकारीलाई उद्धृत गर्दै खामेनीको मृत्यु भएको जनाएको छ ।

संयुक्त आक्रमणपछि इरानको राजधानी तेहरान स्थित खामेनीको निवास पूर्ण रूपमा ध्वस्त भएको स्याटेलाइट तस्बिरमा देखिएको बताइएको छ । यद्यपि, उक्त दाबीबारे इरान सरकार वा स्वतन्त्र स्रोतबाट आधिकारिक पुष्टि भने सार्वजनिक भइसकेको छैन ।

यो समाचारमा

इजरायलसंयुक्त राज्य अमेरिकाकाठमाडौँ

ट्यागहरू

#सर्वोच्च नेता#अमेरिका#अमेरिकी राष्ट्रपति#इरान#सामाजिक सञ्जाल प्लेटफर्म#अमेरिकी#सामाजिक सञ्जाल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    जोर्डन घटनापछि अमेरिका–इरान द्वन्द्व थप चर्कियो

    काठमाडौं । जोर्डनस्थित अमेरिकी सैन्य अड्डामा भएको घातक आक्रमणको बदला लिन अमेरिकाले इरानको अर्धसैनिक बल ‘रिभोलुसनरी गार्ड’का रणनीतिक सैन्य संरचनाहरूमाथि आइतबार भीषण हवाई आक्रमण गरेको छ। यससँगै होर्मुज जलसन्धिलाई केन्द्रमा राखेर जारी अमेरिका–इरान तनावले थप उग्र रूप लिएको छ।अमेरिकी सेनाको ‘सेन्ट्रल कमान्ड’का अनुसार यो कारबाहीमा पहिलो पटक रिभोलुसनरी गार्डका संरचनालाई

    sajilo patrika

    इरान वार्तामा नआए विद्युत केन्द्र र रणनीतिक पुलहरू ध्वस्त पार्ने ट्रम्पको कडा चेतावनी

    अमेरिका-इरान तनाव : विश्वकै प्रमुख तेल ढुवानी मार्ग 'हर्मुज जलघाँटी' बन्द गर्ने इरानी सैन्य दस्ताको घोषणा

    अमेरिकी आक्रमणपछि इरान कमजोर बनेको ट्रम्पको दाबी, खाडी राष्ट्रसँग मागे सुरक्षा क्षतिपूर्ति

    विश्वभर एआईको माग बढ्दा चिनियाँ निर्यातमा उछाल, जुन महिनामा २७ प्रतिशतको वृद्धि

    भर्खरै

    News Image

    जेनजी आन्दोलनका शहीद परिवार र घाइतेका लागि सरकारको विशेष प्याकेज

    News Image

    विकासको केन्द्रमा मानव र प्रकृति हुनुपर्छ - राष्ट्रपति पौडेल

    News Image

    रुकुमपूर्व केन्द्रविन्दु भएर ५.० म्याग्निच्युडको भूकम्प

    News Image

    'राजनीतिक स्वार्थअनुसार वैदेशिक रोजगारीको व्याख्या गरियो' - केपी ओली

    ट्रेन्डिङ

    आगामी इभेन्ट्सहरू

    लोड भइरहेको छ...

    Data is loading...

    Loading brands...

    Loading footer...
    • नेपाली टाइपिङ
    sajilopatrikasajilopatrika
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    पात्रो शेयर मार्केट
    • नेपाली टाइपिङ
    Directory
    Shorts
    Incident
    • होमपेज
    • विदेशी मुद्रा
    • राशिफल
    • कार्यक्रम
    • वेबस्टोरिज
    • विकि
    • ग्याजेट
    • समाचार
    • चुनाव
    Directory
    Shorts
    Incident

    Loading menu...

    ट्रेन्डिङ विषयहरू