अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन : ओली

Author

सजिलो पत्रिका

२०८२ फागुन ११, सोमबार

15
Share
Featured

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष खड्गप्रसाद शर्मा ओलीले देशमा शान्ति, सुशासन र विकास सुनिश्चित गर्न आवश्यक रहेको बताएका छन् ।

नेसनल भोलेन्टियर फोर्स कोशी युनिफाइड कमान्ड घोषणा सभामा बोल्दै उनले देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरुले विशेष ख्याल गर्नुपर्ने बताए ।

उनले राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने, अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन नसक्ने पनि बताए ।

उनले भने, ‘नेकपा एमाले देशमा शान्ति चाहन्छ । एमालेले देश पहिले भन्छ । देशमा सुशासन र विकासका लागि लोकतान्त्रि प्रणाली र त्यस अन्तरगतका प्रयासहरुलाई अगाडि बढाउनुपर्छ । राज्य संयन्त्रमाथि मात्रै जनता भरपर्यो भने, राज्य संयन्त्रमाथि मात्रै देशभक्त शक्तिहरु भर पर्यो भने, राज्य संयन्त्रमाथि मात्रै लोकतान्त्रिक शक्तिहरु भर परे भने, प्रगतिवादी शक्तिहरु भर परे भने देशमा शान्ति, सुशासन र विकास चाहने शक्तिहरु राज्य संयन्त्रमा मात्रै भर परेर जनशक्तिको अर्थ बुझेनन् भने अधिकारका लागि लड्नुपर्छ भन्ने कुरा बुझेनन् भने अधिकार सुरक्षित हुन सक्दैन ।’

साथै उनले नेकपा एमाले शान्ति चाहने र पहिले देश चाहने पार्टी भएको बताए । उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै घर, कार्यालय, संसद भवन र सर्वोच्च अदालत जलेको बताए ।

उनले विगतमा भएको हिंसात्मक घटनाको स्मरण गर्दै भने, ‘हाम्रा घर, कार्यालय, संसद र सर्वोच्च अदालत जले। सिंहदरवारमा आक्रमण भयो । नगरपालिका, गाउँपालिकाहरु, उद्योग र रोजगारीका अवसरहरु नष्ट भए । अब हामी कसैलाई पनि यस्तो अनुमति दिने छैनौं । सर्वोच्च अदालत, प्रहरी कार्यालय वा सिंहदरवारमा आक्रमण गर्न दिइने छैन ।’

यो समाचारमा

काठमाडौँसर्वोच्च अदालतनेपाल कम्युनिष्ट पार्टी (एमाले)खड्गप्रसाद शर्मा ओली
सिंहदरवार4 more

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

    कुल मतदान: 0

    सम्बन्धित समाचार

    sajilo patrika

    बाँकेमा १३ करोड ६१ लाखका सामान बरामद

    काठमाडौं । बाँकेको जमुनाह नाकाबाट सशस्त्र प्रहरी बलले गत आर्थिक वर्षमा रु. १३ करोड ६१ लाख ३१ हजार ६९८ बराबरका अवैध रूपमा नेपाल भित्र्याइएका सामान बरामद गरेको छ । सशस्त्र प्रहरी बल ३० नं, गण बागेश्वरी हेडक्वार्टर, बाँकेका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक मोहन विष्टका अनुसार आर्थिक वर्ष २०८२/०८३

    Data is loading...

    Loading brands...

    Loading footer...